रअ को प्रमुखमा राजिन्दर खन्ना

२०७१ पुष ७ गते, सोमबार

काठमडौँ । भारतको गुप्तचर विभाग रिसर्च एण्ड एनालिसिस विङ्ग रअ को प्रमुखमा राजिन्दर खन्ना चयन भएका छन । सरकारको नियुक्तिसम्बन्धी समितिले खन्नालाई रको प्रमुखका रुपमा गरिएको नियुक्ति अनुमोदन गरेको हो ।खन्नाले आगामी जनवरीदेखि २ वर्षका लागि रअ का प्रमुख आलोक जोशीको स्थान लिनेछन । यस्तै नियुक्ति सम्बन्धी समितिले केन्द्रीय रिजर्भ पुलिस बल सिआरपिएफको प्रमुखमा प्रकाश मिश्रलाई नियुक्त गरेको छ ।
भारतकै सबैभन्दा ठूलो अर्धसैनिक बल सिआरपिएफमा ३ लाखभन्दा बढी जनशक्ति छ । गएको नोभेम्बरमा दिलीप त्रिवेदीले सिआरपिएफको प्रमुखबाट अवकाश लिएपछि यो पद खाली थियो ।

प्रतिक्रियाहरु