यौन हिंसा गरेको आरोपमा ललितपुर प्याब्सनका अध्यक्ष पक्राउ

२०७४ चैत्र ३ गते, शनिबार

काठमाडौँ, ३ चैत । ज्ञानकुञ्ज बोर्डिङ स्कुलका प्रधानाध्यापक शिव कार्कीलाई छात्रालाई यौन हिंसा गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । ललितपुर
महनगरीय प्रहरी बृत्त सातदोबाटोले दिएको जानकारी अनुसार कार्कीले १७ वर्षीया छात्रालाई होस्टेलमा दुव्र्यबहार गरेपछि ती छात्राले उक्त घटनाबारे आफ्नो परिवारलाई जानकारी गराएकी थिईन् । त्यसपछि परिवारले प्रहरीमा खबर गरेका थिए । छात्रामाथि दुव्र्यबहारको सूचनाको उजुरी पाउनेवितिकै कार्कीलाई प्रहरीले गएराती पक्राउ गरेको महानगरीय प्रहरी वृत सातदोबाटोले जनाएको छ । ज्ञानकुञ्ज बोर्डिङ स्कुल ताल्छीखेलमा रहेको छ । तर, कार्कीले कस्तो खालको दुव्र्यबहार गरेको भन्ने खुलाइएको छैन तर, प्रहरी स्रोत भन्छ उनले यौन हिंसा गरेको छात्राले बताएकी छिन् । कार्की निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) ललितपुरका अध्यक्ष पनि हुन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु