यो संविधानसभाले बनाउने संविधान तुरुन्तै जलाउँछौं :गौरब

२०७१ भाद्र ७ गते, शनिबार


काठमाडौ, ७ भदौ । नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेल गौरबले संविधानसभाबाट जबरजस्ती संविधान जारी गरिएमा त्यसलाई आफूहरुले तुरुन्तै जलाउने चेतावनी दिएका छन्।संविधानसभाले बनाउने संविधान मान्य नहुने बताए। शनिबार खाँदबारीमा क्रान्तिकारी पत्रकार महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘अहिलेको संविधानसभा विघटन गरेर सहमतिका आधारमा संविधान ल्याउनुपर्छ। नत्र केहीबेरेमै आगो लाग्छ।’संखुवासभा र भोजपुरका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा खाँदबारी आएका गौरबले एकल जातीय नभई पहिचानसहितको संघियता माग गर्दै १० वर्ष आन्दोलन गरे पनि त्यसको उपलब्धीलाई उपेक्षा गर्न लागिएको बताए । उनले एकलौटी संविधान लेख्ने तयारी गरेको आरोप लगाए। उनले सरकारले संविधानसभामा आउन अनुरोध गर्दै संख्या थप गरी समेट्ने भनेको तर पार्टीले आन्दोलनको उपलब्धीअनुसार जनसंविधान नआउने भएपछि जति सिट संख्या दिए पनि सहभागी नहुने निर्णय गरेको बताए।
गौरबले आन्दोलनबाटै समस्याको हल हुने भएपछि पार्टीले देशव्यपी आन्दोलनको स्वरुप र कार्यकर्ताको सुझाव लिन थालेको छ। उनले दशैंतिहारपछि आन्दोलन सुरु हुने बताए। उनले भने, ‘राज्य संकटको भुमरीमा फसेको छ।भ्रष्टचार संस्थागत भयो। संविधानभन्दा पनि १५ करोडमा लोभिए सभासदहरु । लेखापरिक्षण नहुने बजेट कसरी माग्छन् १५ सभासदहरुले यो लाज मर्दो बिषय बन्यो। दैनिक एक हजार आठ सय युवा बिदेशिन्छन। दैनिक छ जनको शव नेपाल भित्रिन्छ। महँगीले मध्यम बर्गका मानिसले पनि खान समस्या भएको छ यो देशको दुरदशा हो। अब आन्दोलनको विकल्प छैन।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु