यो संविधानसभाबाट बनेको संविधान मान्य हुदैन : किरण

२०७१ भाद्र १० गते, मंगलवार


काठमाडौँ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले यो संविधानसभाबाट बनेको संविधान आफ्नो पार्टीलाई मान्य नहुने भन्दै आन्दोलनमा जाने बताएका छन् । क्रान्तिकारी पत्रकार महासंघ पाल्पाले तानसेनमा गरेको पत्रकार सम्मेलनमा बोल्दै किरणले संविधानसभा विघटन र सर्वपक्षीय राजनीतिकसभाको माग प्रति दलहरुले अटेर गरेमा आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।
संविधानसभाबाट जनताको संविधान नबन्ने, राष्ट्रिय स्वाधीनता खतरामा पर्ने र जनजीविकालाई सम्बोधन गर्न नसक्ने भएकाले आन्दोलन अगाढि बढाउने उनको भनाइ थियो ।उनले नेकपा–माओवादीभित्र पार्टी अगाडि बढाउने विषयमा नेताहरुबीच वैचारिक मदभेदहरु रहेको स्वीकार गर्दै यसले पार्टीलाई सही मार्गमा अगाडि बढाउन नै मद्दत गर्ने बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु