यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरस खोप उपलब्ध हुने !

२०७७ असार ५ गते, शुक्रबार

काठमाण्डौं , ५ असार । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरस खोपको हजारौं डोज उपलब्ध हुने सबैभन्दा कमजोर र प्रभावितलाई बचाउने आशा गरेको छ । कोरोना भाइरसको कुनै खोप हालसम्म बनेको छैन, तर विश्व स्वास्थ्य संगठनका वैज्ञानिक सौम्या स्वामिनाथनले भने, विश्वभरका विज्ञहरू २०० भन्दा बढी सम्भाव्यतामा काम गरिरहेका छन्। करिव १० खोप मानवहरूको परीक्षण भइरहेको छ। उनले भने, खोप बनाउनु जटिल काम हो नै, यसमा धेरै प्रकारका डर र राम्रा कुराहरु पनि छन्, हामीसँग धेरै खोपहरू छन्, यदि हामी एकचोटि असफल भयौं भने फेरि प्रयास गर्छौं र यदि असफल हुन्छौं भने पनि हामीले आशा त्याग्नुहुँदैन, हामी हार मान्न सक्दैनौं। ’ उनले अघि थपे, यदि सबै ठीकठाक भयो भने यस बर्षको अन्त्यसम्म हामी एक वा दुई सफल खोपहरू लिनेछौं। यो खोप सर्वप्रथम फ्रन्टलाइन कामदारहरू जस्तै डाक्टरहरू र त्यसपछि गम्भीर बिरामी र कमजोर विरामीहरूलाई दिइनेछ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार