योङ रेड फोर्सका केन्द्रीय अध्यक्ष राई अदालत परिसरबाटै पक्राउ

२०७५ जेष्ठ ७ गते, सोमबार

काठमाडौं, ७ जेठ । गत बैशाख १३ गते पक्राउ गरिएका नेकपा निकट योङ रेड फोर्सका केन्द्रीय अध्यक्ष बाबुराम राईलाई प्रहरीले पुनः अदालत परिसरबाटै पक्राउ गरेको छ । पक्राउ पश्चात राईलाई मोरङ लगिएको छ । ्यसअघि विनाकाकारण आफ्ना नेताकार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको भन्दै नेकपाले रिहाईको माग सहित नेपालबन्दको कार्यक्रम समेत गरेको थियो । साथै सम्बन्धीत संगठनहरुका अघिकारीले समेत पक्राउको विरोध र रिहाईको माग गर्दै विज्ञप्ती जारी गरेका थिए ।
यसैबिच, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की केन्द्रीय महासचिव धिरेन्द्रा उपाध्यायलाई हिजो साझ रिहा गरिएको छ । उपाध्यायसँगै नेकपा ललितपुरका सचिव विपिन घिमिरे, सरलबाबु कुवर र विकास महर्जन पनि रिहा भएका छन् । पक्राउ गरिएकाहरुलाई प्रहरीले बम विस्फोटक पदार्थ तथा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको थियो । आइतबार ललितपुर जिल्ला अदालतमा भएको बहसपछि न्यायधिश जगतनारायण प्रधानको इजलासले रिहाको आदेश गरेको हो । बन्दीहरुका तर्फबाट बरिष्ठ अधिबक्ताहरु एकराज भण्डारी, विश्वप्रकास भण्डारी, अधिबक्ताहरु कपिलचन्द्र पोख्रेल, डा. पुण्यप्रसाद खतिवडा, खेमानन्द अधिकारी, कान्ति ढुंगाना र नारायण तिवारीले बहस गरेका थिए । संगठनको काममा लागिरहेको बेला प्रहरीले उनीहरुलाई काठमाडौं र ललितपुरबाट पक्राउ गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु