युवा संगठन नेपालद्वारा सुराकी गर्नेलाई कारवाही गर्ने चेतावनी

२०७६ श्रावण ३१ गते, शुक्रबार

काठमाडौं, ३१ साउन । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालले नेकपाका समर्थकमाथि सुराकी गर्ने, प्रहरी लगाएर दमन तथा धरकपड गर्ने र मुडभेटको नाममा हत्या गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ । उसले कार्यकर्ता तथा समर्थक विरुद्ध सुराकी गर्ने र दमन–धरकपड गर्न प्रहरीलाई उक्साउने जस्तो जनघाती कदम बन्द गर्न चेतावनी समेत दिएको छ । सो संगठनका दिपले बिहीबार एक विज्ञप्ति जारी गर्दै केपी–प्रचण्डको सरकार कमिसन, दलाली माफियागिरी, राष्ट्रघात–जनघात, भ्रष्टचार र कर आतंक जस्ता गलत प्रवृत्तिको विरुद्ध नेकपाले आफ्नो संघर्षलाई घनिभुत पार्ने र नेपाली जनतालाई वास्तविक जनताको ‘सत्ता वैज्ञानिक समाजवादी सत्ता’ स्थापना गर्ने महान अभियानमा अघि बढिरहेको सन्दर्भमा वर्तमान दलाल सत्ताको केपी–पिके सरकारले र उसको चारो खाने भरौटेहरुले नेकपाको समर्थक जनतामाथि सुराकी गर्ने, प्रहरी लगाएर दमन तथा धरकपड गर्ने र मुडभेटको नाममा हत्या गर्ने गरेकोप्रति घोरविरोध गर्दै कडा कारवाही गर्ने चेतावनी दिएका हुन् ।
व्युरो संयोजक दिपले विज्ञप्तिमा भनेका छन्, ‘वर्तमान दलाल पुँजीवादी सत्ताको केपी–प्रचण्डको सरकार कमिसन, दलाली, माफियागिरी, राष्ट्रघात–जनघात, भ्रष्टाचार, कर आतंकको आहलमा डुबेको छ । विश्वभर खास वास्तविक कम्युनिस्टको बदनाम गर्न कम्युनिस्ट भनेका झनै भ्रष्ट हुन्छन् भन्ने मानक सृजना गर्न जसरी आफ्नो वैश्विक लुटको राज कायम राख्न पुँजीवादी÷निगम पुँजीवादी÷साम्राज्यवादी शक्तिहरु लागिपरेका थिए, त्यसरी नै नेपालमा पनि कम्युनिस्टको खोल ओढेर केपी–पिकेको दलाल सरकारले आम श्रमजीवी–शोषित–उत्पीडित वर्गको मुक्तिकामी आन्दोलनमा लाग्ने वास्तविक कम्युनिस्ट र कम्युनिस्ट समर्थक जनतालाई दमन तथा धरकपड गर्ने, सिध्याउने र आफ्नो विदेशी मालिकको ज्युहजुरी गर्ने काम नेपालमा तिब्र हुँदै गएको यथार्थ सचेत नागरिकहरुले बुझ्नु भएकै छ ।’
संयोजक दिपले अगाडि विज्ञप्तिमा भनेका छन्, ‘अहिले नेपालमा भइरहेको राष्ट्रघात, दलाली, माफियागिरी, दलाली, मानव तस्करहरुको विरुद्ध विप्लव महासचिव रहेको नेकपाको सहायक सङ्गठन, युवा सङ्गठन नेपाल विगमा झैं वर्तमानमा पनि सतिसाल जसरी उभिदै आएको छ । यस्ता गलत प्रवृत्तिको विरुद्ध नेकपाले आफ्नो संघर्षलाई घनिभुत पार्ने र नेपाली जनतालाई वास्तविक जनताको ‘सत्ता वैज्ञानिक समाजवादी सत्ता’ स्थापना गर्ने महान अभियानमा अघि बढिरहेको सन्दर्भमा वर्तमान दलाल सत्ताको केपी–पिके सरकारले र उसको चारो खाने भरौटेहरुले नेकपाको समर्थक जनतामाथि सुराकी गर्ने, प्रहरी लगाएर दमन तथा धरकपड गर्ने र मुडभेटको नाममा हत्या गर्ने गरेको छ ।’
दिपले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘हाम्रो लाखौं उत्पीडित तथा श्रमजीवीहरुको प्रिय सङ्गठन, युवा सङ्गठन नेपाल नेकपाको कार्यकर्ता र समर्थक विरुद्ध सुराकी गर्ने र दमन–धरकपड गर्न प्रहरीलाई उक्साउने जस्तो जनघाती कदम बन्द गर्न अनुरोध गर्दछ । अन्यथा उक्त जनघाती कदम चाल्ने जोकोही विरुद्ध निर्मम रुपमा प्रस्तुत हुनेछ, जो अकल्पनीय हुनेछ । त्यस्तै देशमा विद्यमान भ्रष्टाचार, घुसखोरी, मानव तस्करी, विभिन्न माफियागिरी, कमिसनखोरी, दलाली इत्यादि केपी सरकारको सहयोगमा मौलाउँदै गइरहेको परिस्थितिमा त्यस्ता गलत प्रवृत्ति र सुराकी विरुद्ध युवासंघर्ष र युवा कारवाही घनिभुत बनाउँदै लग्ने कुरा यसै विज्ञप्ति मार्फत सम्पुर्णमा जानकारी गराउदछौँ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु