युवा संगठन चितवनद्वारा लामाको नेतृत्वमा आयोजक समिति गठन

२०७६ भाद्र २९ गते, आईतवार

काठमाडौं , २९ भदौ । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल, नारायणी व्युरो अन्तर्गत चितवन जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भरतपुर महानगरपालिकामा शनिबार रेम बोज्रे लामाको संयोजकत्वमा ७ जनाकाे कार्यालय समिति रहने गरी २५ सदस्यीय आयोजक समिति गठन भएको जनाइएको छ । भेलाको प्रमुख अतिथि नारायणी व्युरो संयोजक मदन केसी, अतिथिहरु जिल्ला इन्चार्ज शर्दुल, जिल्ला सेक्रेटरी ध्रुव र फ्याक्सन इन्चार्ज रक्षालगायतका विभिन्न जनवर्गीय संगठनका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
भेलामा बोल्दै संयोजक केसीले भने, ‘हाम्रो पार्टीले यतिबेला दलाल सामाजिक फासीवादी सरकारले जनता र राष्ट्रमाथि गरेको अन्याय अत्याचारको बिरुद्ध संघर्ष गरिरहेको छ । वैज्ञानिक समाजवाद ल्याउन अहिलेको दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थालाई पल्टाउन एकीकृत जनक्रान्तिको बाटो वैज्ञानिक र वस्तुवादी कार्यदिशा भएकोले युवाहरु क्रान्तिको बाटोमा अविचलित अघि बढ्न आह्वान गर्दछु । समाजमा हुने हरेक खालका विकृति विसंगति बढ्दै गएको हुनाले युवा संगठनले त्यसका विरुद्ध सामाजिक सुरक्षामा खट्न र मालेमावादको रक्षा र विकाससँगै विज्ञान र प्रविधिलाई जोड्दै बाँकी क्रान्तिको अधुरो काम पूरा गर्नु पर्ने जिम्मा युवाहरुको काँधमा आएको हुनाले सबै युवाहरु तम्तयार भएर बस्नुपर्ने बेला आएको छ ।’
त्यस्तै जिल्ला इन्चार्ज शार्दुलले निर्देशन दिंदै भने, ‘वर्तमान केपी–प्रचण्डको कथित नामधारी कम्युनिस्ट सरकार भ्रस्टाचारीहरुको संरक्षण गर्ने, दलालीहरुलाई लाईसेन्स दिने, रास्ट्रघाती र जनघातिलाई माया गरेर राखेकोले आजका युवाहरुले भ्रष्टाचारी, रास्ट्रघाती र जनघातीलाई जनताको कठ्घरामा ल्याएर जनकारबाही गर्ने र साथै भ्रस्टाचारीलाई जहाँ देख्यो त्यही जनकारबाही गनुपर्छ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु