युवा संगठन कपिलवस्तुको अध्यक्षमा बादल

२०७६ पुष २८ गते, सोमबार

काठमाडाैं, २८ पुष । युवा संगठन कपिलवस्तुले आफ्नो तेस्रो जिल्ला भेला सम्पन्न गरेको छ । कार्यक्रम प्रमुख अतिथि : विश्लेषण वैदेशिक हस्तक्षेप र फासिबादी दमनका विरुद्ध देश भक्त युवाहरु सशक्त रुपमा संघर्ष गरौं, स्वाधीनता, समानता र बैज्ञानिक समाजवादका लागी तेस्रो भेला भन्ने नारासहित कपिलवस्तुको तेस्रो भेला सम्पन्न गरेको हो । भेलामा बोल्दै प्रमुख अतिथि समेत रहेका युवा संगठन लुम्बिनी ब्युरोका संयोजक बिश्लेषणले अबको क्रान्तिको मुख्य जिम्मेवारी युवाहरुको काधमा रहेको भन्दै सबैलाई तयार रहन आव्हान गरे । उनले क्रान्तिकारी युवाहरु जनताका समस्याका पहरेदार बन्नुपर्ने भन्दै समाजका बिकृती, बिसङतिहरु चिर्दै दलाल, सामन्त, शोषक र भ्रस्टाचारिहरुलाई कारबाही गर्न तयार रहन समेत अपिल गरेका थिए । यस्तै कार्यक्रममा नेकपाका जिल्ला सेक्रेटरी शेरमनले पार्टीको मेरुदण्ड युवा संगठन रहेको भन्दै युवाहरु एक हुनुपर्ने बताए । उनले युवाहरुको बलमै पार्टीले ठुलाठुला संघर्ष र समग्र क्रान्ति सफल पार्ने हुँदा युवाहरुले पार्टी कार्यक्रमलाई कार्यान्वयन गर्न जोड दिनुपर्ने बताए ।
भेलाले बादलको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिती चयन गरेको छ । निर्वाचित समितिले आगामी रणनीति युवाहरूको भुमिकालाई लिएर बिशेष योजना बनाएको समेत बताईएको छ । कार्यक्रमको संचालन सागरले गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु