युद्धका सिपाहीहरू – वैरागी जेठा

२०७५ बैशाख १४ गते, शुक्रबार

युद्धका सिपाहीहरू
अक्षरका नदीहरू कुरिरहेछन्
आज !
इच्छुकका सपनाहरू
फ्याँकेर एकजत्थाहूलहरू
मैदानका तगराहरू भाँचीरहेछन्
सोचमग्न आँखा
बिझिरहेछ वर्तमान् समयमा
आशङ्का पैदागराएर
निमोठीरहेछ ,घरीघरी
हेरिरहेछु इच्छुकलाई
घण्टाघरको सुईसँगै
मैदानको चित्कार भन्दा
फरक ढङ्गले
चिच्याइरहेको छ
प्रदर्शनीमार्ग !
युद्धका सिपाहीहरू
अझै लडाईँका कुरागरिरहेछन्
पुलुक्क हेर्छु त्यतै
बगिरहेका खूनहरू
प्रश्न गरिरहेछन् झैँ लाग्छ
सानातिना बोटहरू
लाछिएकाछन् विकृतिका हावाहरूले
मन टट्याउँछन्
छ्वालीझैँ बलिरहेछ समाज
गेलुजस्तै !
युद्धका सिपाहीहरूको
मूल्याङ्कन गर्ने मानिसहरू छैनन्
यस धर्तीमा
कोइली भनिरहेथी
कठजोरको भीरमा बसेर
त्यहाँका जीवहरू
आँसु खसाल्दै बरबराईरहेका
म उम्लिएको छु
उनीहरूलाई छामेर
युद्ध लड्न अघिबढेको छ
इच्छुकका शब्दहरू
अस्त्रलिएर बढ् भनिरहेछ
युद्धका सिपाहीहरूलाई
राजनीतिसँग करुणाछैन
किनभने ?
देशमा इच्छुक जस्तो
इमानदारी कवि जन्मिएको छैन
चेतनाका दीप
हिमाल ,पहाड तराई
झुलिरहेका ,झुलाईसँगै बलिरहेका
कविहरू छँदै छैनन् भने हुन्छ
युद्धका सिपाहीहरू !
थवाङका आकाशहरूले
कसरी बुझेहोलान्
मालेमाका विज्ञानहरू !
घण्टाघरको सूईहेरेर
धुपीको छहारीमा
इच्छुक कवितावाचन गरिरहेछन्
ठिङ्ग म उभिन्छ
युद्धको सारङ्गी रेट्दै
कमलकोबोट मुन्तिर !

प्रतिक्रियाहरु