युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती मनाइँदै

२०७१ जेष्ठ ९ गते, शुक्रबार


काठमाडौ , ९ जेठ । आज युगकवि सिद्धिचरण श्रेष्ठको १०३औ जन्मजयन्ती मनाइँदैछ । जन्मजयन्तीको अवसरमा आज साहित्यका क्षेत्रमा क्रियाशील संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरेर उनलाई सँझिदैछन् ।सिद्धिचरण नगरपालिका ओखलढुंगामा खुल्ला कविता प्रतियोगिताको आयोजना गरिएको छ । कविता प्रतियोगितामा विजेता हुनेहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्रको व्यवस्था गरिएको छ ।
युगकवि सिद्धिचरण श्रेष्ठको जन्म वि.स. १९७९ साल जेठ ९ गते आजैका दिन ओखलढुंगामा भएको हो । सानै उमेरमा साहित्यमा लाग्का बहुप्रतिभाशाली व्यक्तित्वका धनी श्रेष्ठका चार सयभन्दा बढी फुटकर कविता, आधा दर्जनभन्दा बढी खण्ड काव्य त्यतिकै संख्यामा गिति काव्यलगायतका कृतिहरु प्रकाशन भएका छन् ।
युगकवि सिद्धिचरण श्रेष्ठको सम्झनास्वरुप अर्धकदको शालिक भएको सिद्धिचरण पार्कको स्थापना भए पनि स्थानीय सरोकारवालाको ध्यान नपुग्दा अव्यवस्थित र जीर्ण बन्दै गएको सिद्धिचरण संग्रलय समितिका अध्यक्ष अक्षिदेवी राजभण्डारीले बताए ।

प्रतिक्रियाहरु