युक्रेनी विमान खसालेकोमा बिरोध प्रदर्शन, पीडितलाई न्याय दिन माग

२०७६ पुष २७ गते, आईतवार

काठमाडाैं, २७ पुष । इरानमा विमान खसालेर निर्दाेष नागरिक मारिएकाे विषयमा सरकार विरुद्ध प्रदर्शन भएको छ । युक्रेनी यात्रुबाहक विमान खसालेपनि इरानले झुट बोलेको भन्दै इरानमा सरकारविरुद्ध प्रदर्शन भएको हो । जनवरी ३ मा इराकस्थित अमेरिकी सैन्य विमानलाई लक्षित गर्दै गरिएको रकेट प्रक्षेपणका क्रममा युक्रेनी विमान पनि खसेको इरानले स्वीकारेसँगै आन्दोलन चर्किएको छ ।
दुई वटा विश्वविद्यालय बाहिर भएको प्रदर्शनमा प्रहरीले भीडमा अश्रुग्यास प्रहार गरेको थियो । उता, इरानी सेनाले शनिवार वक्तव्य जारी गर्दै युक्रेनी विमान भूलवस खसालिएको भन्दै गल्ती स्वीकारेकाे थियाे । इरानका राष्ट्रपतिले पनि साे घटनालाइ अक्षम्य गल्ती भनेका छन् । -एजेन्सी

प्रतिक्रियाहरु