युक्रेनमा बम बिस्फोट २ जनाको मृत्यु , १० जना घाईते

२०७१ फाल्गुन ११ गते, सोमबार

काठमाडौँ । युक्रेनको खर्किभ शहरमा बम विस्फोट हुँदा प्रहरी अधिकारी सहित २ जनाको ज्यान गएको छ । कम्तिमा पनि १० जना घाइते भएका छन् । खार्किभ शहरमा र्‌याली भैरहेका बेला बम बिस्फोट भएको बिबिसीले जनाएको छ । बिस्फोटमा संलग्न रहेको आशंकामा त्यहाँको सरक्षाकर्मीले ४ जनालाई पक्रेको छ ।रुस समर्थक नेता भिक्टोर यानुकोभिचलाई पदच्यूत गर्ने गरी भएको प्रदर्शनको वर्षगाँठ मनाउने क्रममा खर्किभ शहरमा बिस्फोट भएको हो । यो शहरलाई पूर्वी युक्रेनको संघर्षपूर्ण मैदानमा रुपमा चिनिन्छ । त्यहाँ युद्ध विरामको सम्झौता कार्यान्वयनको पालना गर्न पहल भैरहेको छ ।

प्रतिक्रियाहरु