युक्रेनमा फेरि संघर्ष चर्कियो

२०७१ असार ३१ गते, मंगलवार


काठमाडौ, ३१ असार । युक्रेनमा रुस समर्थित पृथकतावादीहरुको नियन्त्रणमा रहेको पूर्वी क्षेत्र फेरि संघर्ष चर्किएको छ । लडाकूहरुले सरकारी सेनाको एक विमान खसालेका छन् । साढे छ हजार उचाईमा उडिरहेको विमानलाई निशानामा पारिएको हो ।
रुसबाटै प्रहार गरिएको एक शक्तिशाली मिशाइलले आक्रमण गरिएको हुनसक्ने यूक्रेनी सेनाले आशंका गरेको छ । सरकारी सेनाले पनि लुहान्स्क शहरमा ट्यांकसहितका हतियारले आक्रमणको प्रयास गरेका छन् ।
दक्षिण र पश्चिमी क्षेत्रबाट अगाडि बढेका सरकारी सेनालाई आफूहरुले पनि गतिलो जवाफ दिएको पृथकतावादी लडाकुहरुले दावी गरेका छन् । गत अप्रिल यता युक्रेनी सरकारले पूर्वी युक्रेनमा प्रतिआतंकवाद विरुद्धको अभियान अन्तर्गत विद्रोही विरुद्ध सैनिक कारवाही अगाडि बढाएको छ ।

प्रतिक्रियाहरु