युएस बंगलाको काठमाडौं-ढाका उडान बन्द

२०७४ चैत्र १ गते, बिहीबार

काठमाडौं, १ चैत्र । युएस बंगला एयरलाइन्सले ढाका-काठमाडौं उडान बन्द गरेको छ । गत सोमबार विमान दुर्घटना भएपछि उसले नेपाल उडान बन्द गरेको हो । विमान अभावका कारण काठमाडौं ढाका उडान विहीबारदेखि केही समयका लागि रोकेको युएस बंगलाले जनाएको छ । ७१ जना सवार विमान २ दिनअघि मात्रै त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका ७१ जनामध्ये अहिलेसम्म ४९ जनाले ज्यान गुमाइसकेका छन् । नेपालस्थित युएस बंगलाका प्रतिनिधिका अनुसार विमान अभाव भएपछि करिब एक महिनाका लागि काठमाडौं ढाका उडान बन्द गरिएको हो । उपलब्ध भएको जहाजहरुमध्ये एउटा जहाज पनि परीक्षण (सी चेक) का लागि लानुपरेकाले काठमाडौं ढाका उडान बन्द गर्नुपरेको हो ।
बंगलादेशको सञ्चारमाध्यम डेली स्टारसँग कुराकानी गर्दै युएस बंगलाका महाप्रबन्धक कामरुल इस्लामले विमान अभावका कारण काठमाडौं ढाका बन्द गर्नुपरेको बताएका छन् । तर यस बारेमा त्रिभुवन विमानस्थललाई भने अहिलेसम्म कुनै जानकारी गराइएको छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार