यी हुन् प्राधिकरणका दुश्मन

२०७१ कार्तिक १ गते, शनिबार


काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणको अवस्था दिनप्रतिदिन खस्कँदै गएको समाचार हामीले अघिल्लो अंकमा नै प्रकाशित गरेका थियौँ । यसै विषयमा थप प्राप्त भएका समाचार यस अंकमा समेट्ने प्रयास गरिएको छ । एमालेले पर्यटन मन्त्रीको रूपमा पठाएका भीम आचार्यलाई एक्कासी फिर्ता बोलाएको र त्यसपछि पूव पर्यटनमन्त्री भीम आचार्यले, र्सार्वजनिक गरेको अभिव्यक्तिबाट पनि पर्यटन क्षेत्र कति अपारदर्शी र भ्रष्ट छ भन्ने विषय खुल्दै गएको छ । एमालेले मन्त्री भीम आचार्यलाई फिर्ता बोलाउनुमा देशका विभिन्न एयरपोर्ट निर्माण र मर्मत सम्भारको विषय नै कारक भएको तथ्य स्वयम् पूवमन्त्री भीम आचार्यले नै प्रस्ट पारिसकेका छन् । मन्त्री भीम आचार्य र नागरिक उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक रतिशचन्द्रलाल सुमनबीच कमिसनको भागवण्डा नमिलेपछि कार्यकारी निर्देशकले एमाले नेता झलनाथ खनाललाई उक्र्साई भीम आचार्यलाई मन्त्री पदबाट मुक्त पान सफल भएको स्रोतले बताएको छ । कार्यकारी निर्देशक सुमन प्राधिकरणलाई चुस्त ढङ्गले अगाडि बढाउनभन्दा आफ्नो व्यक्तिगत स्वार्थपूर्ति गर्न केन्द्रित भएकै कारण यस्तो स्थिति आएको स्रोतको दाबी छ । कार्यकारी निर्देशक सुमनले छिट्टै नै अनिवार्य अवकाशको समय आएको छ, त्यसैले योबीचमा उनी जतिसक्दो कमाउ अभियानमा लागेका छन् । प्राधिकरणलाई डुबाएरै भए पनि उनी आफ्नो स्वार्थपूर्ति गर्न तल्लिन रहेको स्रोतको दाबी छ । कार्यकारी निर्देशक सुमन अहिले सय खर्च गरेर लाखौँ कमाउने अभियानमा लागेका छन् भन्दै स्रोत अगाडि भन्छ, कार्यकारी निर्देशक सुमन अहिले दिनहुँ आफ्नो कार्यकक्षबाट विभिन्न पार्टी कार्यकर्तालाई लाखौँ रूपैयाँ बाँडिरहेका छन् । उनले यस्तो रकम बाँड्न प्राधिकरणकै राजेन्द्र पौडेल भन्ने कर्मचारीको साथ र सहयोग लिइरहेका छन् ।
कार्यकारी निर्देशक सुमनको निर्देशनअनुसार कर्मचारी राजेन्द्र पौडेलले विभिन्न पार्टी कार्यकर्ताहरूलाई पाँचदेखि पचास हजारसम्म बाँड्ने गरेका छन् । उनले नागरिक उड्डयन प्राधिकरणका अध्यक्षका हैसियतले पर्यटनमन्त्री दीपकचन्द्र अमात्यको प्राधिकरणमा रहेको स्वकीय सचिवालयको दराजमा रकम थन्क्याउने र त्यहीँबाट बाँड्ने गरेका छन् ।
यसैगरी, कार्यकारी निर्देशक सुमनले समेत आफ्नै कार्यकक्षभित्रको गोप्य कोठामा लाखौँ रूपमा विभिन्न ठेकेदार र आफू मातहतका कार्यालयका प्रमुखसँग असुली गरी विभिन्न पार्टी नेता तथा कार्यकर्तालाई बाँड्ने गरेको स्रोतको दाबी छ । यसै सम्बद्धमा जिज्ञासा राख्दा प्राधिकरणका एक कर्मचारीले नाम उल्लेख नगरिदिन अनुरोध गर्दै भने ‘हामीले पनि कार्यकारी निर्देशक सुमनले अनियमितताको विषयमा पटक-पटक आवाज उठाएका हौँ । तर, कतैबाट सुनुवाई भएन । उनी अर्थात् कार्यकारी निर्देशक सुमन सबै पार्टी नेता र कार्यकर्तालाई रिझाएर बसेका छन् । यदि साँच्चै यस प्राधिकरणको अनियमितताको बारेमा छानबिन गर्ने हो भने अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सम्बन्धित निकायले कार्यकारी निर्देशक सुमनको कार्यकक्ष र अध्यक्षको स्वकीय सचिवालयका छापा मार्ने हो भने करोडौँ रूपैयाँ बरामद हुन सक्छ । तर, खोई बिरालोको घाँटीमा कसले घण्टी झुण्डाउने भनेजस्तो कुनै निकाय चासो देखाउँदैन भन्दै उनी दुखेसो पोख्छन् । यस्तैगरी, हालै नागरिक उड्डयन प्राधिकरणमा विभिन्न पदमा पदपूर्ति भएको छ । यसरी पदपूर्ति गर्ने क्रममा पनि कार्यकारी निर्देशक सुमनले लाखौँ रूपैयाँ असुली गरेको चर्चा अहिले प्राधिकरणमा चल्न थालेको छ । यससम्बन्धी हाम्रो खोज खबर जारी रहनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

‘चुनाव पनि क्रान्तिकै मोर्चा’

२०८१ बैशाख ५ गते, बुधबार

नेकपाको पोलिटब्यूरो बैठक सुरु

२०८१ बैशाख ४ गते, मंगलवार

नेकपा स्थायी समितिको बैठक सुरु

२०८१ बैशाख ३ गते, सोमबार