यी हुन् नुनमा धावा बोल्नेहरू

२०७३ आश्विन २ गते, आईतवार

काठमाडौं, २ असोज । वि. सं. २०२० भदौ २७ गते स्थापना भएको साल्ट ट्रेडिङ कं. लि. ले हालै ५४ औँ वार्षिकोत्सव समारोह मनाएको छ । साल्ट ट्रेडिङ कं. लि. ले विशेष गरी दैनिक उपभोग्यवस्तु नुन, चिनी, चामल, गेडागुडी, कृषि मल, गहुँको बीउ, ग्याँसलगायतका सामग्रीहरू बिक्रीवितरण गर्दै आएको छ । झ्वाट्ट हेर्दा कम्पनीले जनतालाई सेवा पु¥याएको देखिए पनि कम्पनीका पदाधिकारी र कर्मचारीले भने लाखौँ रूपमा अनियमितता गरिरहेको स्रोतले बताएको छ । स्रोतका अनुसार साल्ट ट्रेडिङ कं.का अध्यक्ष लक्ष्मीदास मानन्धर, महाप्रबन्धक उर्मिला श्रेष्ठ र डिभिजिनल म्यानेजर ब्रजेश झाको बपौतीजस्तो भएको छ । उनीहरूले साल्ट ट्रेडिङ भित्र ब्रह्मलुट मच्याइरहेका छन् । साल्ट ट्रेडिङ कं. का सवारी साधन उनीहरूको निजी जस्तो भएको छ । कम्पनीका कैयौँ सवारी साधन अहिले पनि अध्यक्ष लक्ष्मीदास मानन्धर, महाप्रबन्धक उर्मिला श्रेष्ठ र म्यानेजर ब्रजेश झाका आफन्त र नातागोताले प्रयोग गरिरहेका छन् भने ती सवारीको इन्धन, मर्मतसमेत साल्ट ट्रेडिङले उपलब्ध गराउँदै आएको छ । यसैगरी, साल्ट ट्रेडिङका यी तीन टाउकेले गत २०७२ को भूकम्पमा कम्पनीको भवन, गोदामलगायतमा क्षति पुगेको वहानामा उक्त भवन, गोदाम मर्मत र कम्पनीले बिक्रीवितरण गर्दै आएको सामानको सुरक्षा प्रबन्ध मिलाउन भन्दै लाखौँ रूपैयाँ अनियमितता गरेको बुझिएको छ । यसैगरी, साल्ट ट्रेडिङको यो गिरोहले नाकाबन्दीको समयमा इन्धन अभावका कारण ढुवानीमा समस्या भएको भन्दै पहिले गरिआएको ढुवानी खर्चमा सतप्रतिशत वृद्धि गरी चरम् आर्थिक अनियमितता गरेको स्रोतको दाबी छ । स्रोत अगाडि भन्छ, साल्ट ट्रेडिङबाट भुक्तानी हुने हरेक बिलमा यी गिरोहहरूको भागवण्डा हुने गरेको छ । आर्थिक लाभबिना यहाँ एउटा बिल पनि पास हुँदैन । यो सबै थाहा पाएर पनि तल्लो तहका कर्मचारी चुप लागेर बस्न बाध्य भएको स्रोतको ठोकुवा छ ।
यसैगरी, पछिल्लो समयमा साल्ट ट्रेडिङ कं. लि. मा भएका अनियमितताका बारेका समाचार आउन थालेपछि यी गिरोहहरू समाचार रोक्न निकै सक्रिय भए तर सफल नभएपछि अहिले सूचना चुहाउने कर्मचारी पत्ता लगाई कारवाही गर्ने हल्ला पिटाउन थालेका छन् ।
यसैबीच, डिभिजिनल म्यानेजर ब्रजेशकुमार झाको शैक्षिक योग्यताको विषयमा विभिन्न पत्रपत्रिकामा समाचार प्रकाशन भएपछि उनी आत्तिन थालेको स्रोतले बताएको छ । स्रोतका अनुसार झाले भारतमा पढेको सर्टिफिकेट पेस गरी जागिर खाएको र त्यसको सत्यतथ्य के हो भनी कम्पनी भित्र चासो बढ्न थालेको छ । आफुलाई धार्मिक प्रवृत्तिको देखाउने झाबाट महिला कर्मचारी प्रताडित हुनु र उनको शैक्षिक योग्यताको विषयमा प्रश्न उठेपछि यी विषयको छानबिन हुनुपर्ने माग उठ्न थालेको छ । साथै, कम्पनीका इमानदार कर्मचारीले समेत त्यसतर्फ चासो देखाउन थालेको स्रोतले बताएको छ । – क्षेप्यास्त्र साप्ताहिकवाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु