यी हुन् आजीवन सुरक्षा पाउने पूर्वपदाधिकारी

२०७४ चैत्र २ गते, शुक्रबार

काठमाडौं, २ चैत । गृहमन्त्रालयले सुरक्षा थ्रेटका आधारमा पूर्वपदाधिकारीको स्तर वर्गीकरण गरी नयाँ सुरक्षा व्यवस्था कार्यान्वयनमा ल्याएको छ । नयाँ सुरक्षा व्यवस्थाअनुसार, पूर्वराष्ट्रपतिले राज्यबाट आजीवन सुरक्षा पाउनेछन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले पारित गरेको सुरक्षा व्यवस्थालाई गृहले कार्यान्वयनमा ल्याएको हो । गृहले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री÷पूर्वमन्त्रिपरिषद अध्यक्ष, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख, राष्ट्रियसभाका पूर्वअध्यक्ष र पूर्वउपप्रधानमन्त्रीलाई विशिष्टस्तरमा वर्गीकरण गरी उनीहरुमाथि हुन सक्ने सम्भावित सुरक्षा थ्रेटलाई विश्लेषण गरी सोहीबमोजिम सुरक्षा व्यवस्था कार्यान्वयनमा ल्याएको हो । – अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु