याहूको ५० करोड ईमेल खाता ह्याक

२०७३ आश्विन ७ गते, शुक्रबार

काठमाडौं, ७ असोज । टेक्नोलोजी जायन्ट याहूले आफ्ना ५० करोड खातावालाहरुको ईमेल विवरण चोरी ( ह्याक )भएको खुलासा गरेको छ । अमेरिकी कम्पनी याहुले सन् २०१४ मा आफ्ना ५० करोड सदस्यको ईमेल ह्याक गरी त्यसमा राखिएका सूचना र तथ्यांकहरु चोरी भएको जनाएको हो ।
सम्भवतः अहिलेसम्मकै ठूलो साईबर अपराध मानिएको यो घटनामा राज्यद्वारा प्रायोजित व्यक्ति वा संस्थाको हात रहेको याहूले बताएको छ । यो अपराधमा कुन राज्यले प्रायोजन वा सहयोग गरेको हो भन्नेबारे केही नखुलाईए पनि कुनै एक व्यक्तिले मात्रै यति ठूलो साईबर चोरी गर्न सम्भव नहुने याहूको भनाई छ ।
याहूले घटनाबारे अमेरिका सम्बद्ध निकायहरुले छानविन गरिरहेको जनाएको छ । साथै याहूले आफ्ना सम्पूर्ण ईमेल प्रयोगकर्तालाई पासवर्ड तथा सेक्युरिटी प्रश्न परिवर्तन गर्नसमेत आग्रह गरेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु