याहु मेल खोल्न पासवर्ड नचाहिने

२०७१ चैत्र ३ गते, मंगलवार

काठमाडौं । तपाइँलाई आफ्नो याहु अकाउण्टको पासवर्ड सम्झिनुपर्ने आवश्यकता रहनेछैन । किनकी याहुमेलको अकाउण्ट लगइन गर्नका लागि तपाइँलाई पासवर्डको आवश्यकता पर्नेछैन निकट भविष्यमै ।पासवर्ड सम्झिनैपर्ने बाध्यताबाट प्रयोगकर्तालाई मुक्ति दिलाउनका लागि याहुले एक नयाँ अन डिमान्ड पासवर्ड प्रणाली लागु गरेको छ । यसको माध्यमबाट प्रयोगकर्ताले आफ्नो याहु अकाउण्टलाई कुनैपनि बेला व्यक्तिगत रुपमा सिर्जिन युनिक कोड अर्थात् इन्डिभिजुअल्ली जेनेरेटेड युनिक कोडका माध्यमबाट लगइन गर्न सक्नेछन् । यो कोडलाई याहुले प्रयोगकर्ताको मोबाइल फोनमा टेक्स्ट म्यासेज गरेर पठाइदिन्छ । यसले टू फ्याक्टर अथेन्टिकेसन जस्तै गरी काम गर्नेछ ।याहाुका प्रमुख सूचना सुरक्षा अधिकृत एलेक्स स्ट्यामोसले आइतबार साउथवेष्ट इन्टर्याक्टिभ फेस्टिवलको अवसरमा यो सेवाको बारेमा जानकारी गराएका थिए ।याहुका प्रडक्ट म्यानेजमेन्ट फर कन्जुमर प्लाटर्फमका उपाध्यक्ष डाएलेन केसीका अनुसार पासवर्ड अन्त्य गर्ने दिशामा यो पहिलो कदम हो ।आफ्नो याहुमेलमा यो फिचर एक्टिभेट गर्नका लागि सुरुमा आफ्नो खास पासवर्ड राखेरै याहु अकाउण्ट लगइन गर्नुपर्छ । त्यसपछि सेटिंग अप्सनमा गएर अन डिमान्ट पासवर्ड नामक फिचर एक्टिभेट गर्ने सेटिंग देखिनेछ । त्यहाँ आफ्नो फोन नम्बर प्रदान गर्नुपर्छ ।त्यस प्रकार उक्त फिचर एक्टिभेट गरेसँगै फेरी याहुमेल लगइन गर्दा पासवर्ड लेख्नुपर्ने ठाउँमा एउटा बटन देखापर्नेछ । जसमा Send My Password लेखिएको हुन्छ । उक्त बटनमा क्लिक गरेसँगै प्रयोगकर्ताले दिएको फोन नम्बरमा याहुले ४ अक्षरवाला कोड पठाउनेछ । उक्त कोडलाई त्यस ठाउँमा हालेर याहु अकाउण्ट लगइन गर्न सकिन्छ । एक ब्लगमा याहुले यो फिचर कसरी सेटअप गर्ने भन्ने जानकारी दिएको छ ।विश्लेषकहरुका अनुसार प्रयोगकर्ताको अकाउण्टलाई सुरक्षित बनाउने दिशामा यो फिचर निकै महत्वपूर्ण हुनेछ । तत्कालका लागि यो सेवा अमेरिकामा मात्र उपलब्ध गराइएको छ । निकट भविष्यमा विश्वभर नै अन डिमान्ड पासवर्ड फिचर उपलब्ध गराउने याहुको योजना छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार