यार्सा संकलनमा रोक

२०७७ बैशाख २४ गते, बुधबार

काठमाडौं, २४ वैशाख । बझाङका स्थानीय तहले यार्सा संकलन गर्न रोक लगाएका छन् । कोरोना भाइरस रोगथामका लागि भन्दै सरकारले देशभरि लकडाउन लागु गरेसँगै यहाँका स्थानीय तहहरुले यार्सा संकलनमा रोक लगाएका हुन् । सो जिल्लाको साईपाल गाँउपालिका, सूर्मा गाँउपालिका, बुंगल नगरपालिका लगायतका स्थानीय तहले यार्सा संकलनमा रोक लागएका हुन् ।
स्थानीयको मुख्य आय स्रोतको रुपमा रहेको यार्सा संकलनमा रोक लगाउँदा आर्थिक संकट आउन सक्ने साईपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताए । स्थानीयहरुले ३ महिना यार्सा संकलन गरेर वर्ष दिनका लागि खानाको जोहो, बालबालिकाको पढाई खर्चका साथै विभिन्न घरायसी खर्चहरुको समेत जोहो गर्दै आएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार