यातायातको टिकट बुकिङ खुला

२०७५ आश्विन ९ गते, मंगलवार

काठमाडौं , ९ असोज । नेपाल यातायात व्यवसायी महासंघले दशैं मान्न राजधानी छाड्नेहरुका लागि आजदेखि टिकट बुकिङ खुला गर्दैछ । सरकार र व्यवसायीबीच असोज ५ गतेदेखि नै टिकट बुकिङ खुला गर्ने सहमति भए पनि इन्धनको मूल्य बढेसँगै व्यवसायीले बुकिङ खोल्न आनाकानी गरिरहेका थिए । सरकार र व्यवसायीबीच १० प्रतिशत भाडा बढाउने सहमति भए भएपछि महासंघको हिजो बसेको बैठकले बुकिङ खोल्ने निर्णय गरेको हो । रोजगारी, पढाइ लगायतको सिलसिलामा काठमाडौं बस्दै आएका करिव २० लाख मानिस दशैं, तिहार र छठ पर्वका लागि आफ्नो मूल थलो फर्कने अनुमान गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु