यहि हो राजनीतिक परिवर्तन ? – भोला घिमिरे

२०७३ श्रावण १२ गते, बुधबार

सत्तामा लुछाचुडी गर्ने मानसिक दरिद्रहरुको अनुहार देख्दा र यिनले बोलेको चिप्लो कुरा सुन्दा कहिलेकाही रगत उम्लिन पुग्छ । तर जतिसुकै रगत उमाले पनि बाध्यता मानेर त्यसलाइ हामि साम्य पार्न बाध्य हुन्छौ र पारिरहेका छौ । चारैतिर मौलाएको महंगी , भ्रस्टाचार ,कालोबाजारी र माफियाको हालीमुहाली अनि तिनैलाई संरक्षण गर्ने तथाकथित नेपालका राजनीतिक दल भनौदाको लापरबाही , बेईमानी र जनताप्रति अनुत्तरदायी हुने प्रबृतीले आज देश चुर्लुम्म डुबेको छ । यो हामी सबैले देख्दादेख्दै पनि यिनैको पछि कुद्ने अन्धा प्रवृत्तिले आज हाम्रो देश यो अवस्थामा गुज्रिएको हो भन्दा फरक नपर्ला । यो देशमा बिदेशीले सरकार ढाल्छन , बिदेशीले नै सरकार बनाउछन । पात्र मात्र नामका नेपाली हुन्छन । तिनको रगत त नेपाली आमाबुबाकै हुन्छ होला ? तर त्यो नेपाली रगतलाई पनि बिदेसीको डलर र दक्षिणको भारुले त्यतैतिरको बनाएको देख्छु । त्यही भएर होला, सत्य बोल्दा पनि आलोचित बन्छु , घृणित हुन्छु । तर सबै स्विकार्छु , अनि मन्द मुस्कानमा आफैले आफैभित्रका कुरालाई मेरो देसभित्रको रास्ट्रिय स्वाधीनता भित्र जोडिएका कुरालाई बेला – बेला मनमा खेलाउछु । भिमसेन थापा, भक्ती थापा , बलभद्र कुवर हाम्रा पुर्खाले लडेको इतिहास पढेको सम्झिन्छु । अनि अहिलेको अवस्थालाई नियाल्छु र ती वीर नेपाल आमाका सपूतहरुसग अहिले नेपालमा राज गरिरहेका कथाकथित कपुतहरुको ब्यवहारलाई दाज्ने गर्छु । मनमनै कुरा खेलाउछु , यदि मेरो हातमा तोप भएको भए यी कपुतहरु बस्ने ठाउँलाई खरानी बनाउथे होला । यो मेरो आबेग होइन पीडा हो । पीडा भित्रबाट उठेको ज्वालामुखी हो । जो नेपालमा रोजगार नपाएर बिदेशीएको र बिदेशी भुमिमा पसिना बगाउदै देसलाइ रेमिटान्स तिर्ने देसको नगरिक मात्र नभएर अर्थतन्त्र पनि हो भनेर कथित कपुतहरुले बुझुन।
देस नै बेच्न तयार हुने हरु, सत्ताको लागि सहयात्रीको हत्या गर्नेहरु , कोसि, टनकपुर , कर्णाली र महाकाली बेच्नेहरु रातारात रास्ट्रबादी बन्छन । तिनैले माफियालाई पाल्छन । गुन्डाको भर्ती केन्द्र खोल्छन । एनजीओ आइएनजीओलाई जनता लुट्ने थलो बनाउछन। हामी यिनै देस बेचुवालाई यिनैले बोलेको दुई शब्दमा रास्ट्रबादी देख्छौ । हामी कति महान छौ । हाम्रो मान्छे चिन्ने र बुझ्ने क्षमता कति रहेछ आफै बुझौं त ? भाषणमा जनतालाई यो दिन्छु र उ दिन्छु भन्छन । हामी सबै मिलेर हाइ हाइ गर्छौ । तर सिङ नआउने खरायोलाई पनि उनिहरुले खरायोको सिङ हुन्छ भन्दा होहो हुन्छ भन्छौ । तर सिङ भएको खरायो देखाउ भनेर हामी कहिलै प्रस्न गर्दैनौ । कठैबरा हामी ।
ए तानाशाही, फासिबादी , राजा महाराजाका भक्तहरु हाम्रो एउटा कुरा राम्रोसँग सुन हामी जनता हौं , हामी परिवर्तन चाहान्छौ । अब सक्छौ स्थिर राजनीति सहितको परिवर्तन देउ । होइन र तिमिहरु बिदेसीको दलाल बनेर नेपाललाई खाल्डा हाल्ने कुचेस्टा गर्छौ भने आफ हरु पनि त्यही खाल्डोमा पुरिन तयार बन । हुन त राजनीतिक परिवर्तनसंगै नेतृत्व परिवर्तन हुन्छ भन्छन । तर नेपालमा त्यो भएको छैन । उहीँ पात्र ,उहीँ ब्यवस्था अनि उहीँ शासन। के यहि हो राजनीतिक परिवर्तन ?त्यसैले हामी भन्दैछौ, यहाँ तानाशाहि प्रबृती अझै हटेको छैन । लोकतन्त्र कागज मै सिमित छ । गणतन्त्र नभनौ लुटतन्त्र मात्र छ। हामी त हाम्रो गणतन्त्र चाहान्छौ । नेतालाई मात्र होइन हामी जनतालाई पनि गणतन्त्र चाहियो । त्यो जनताको गणतन्त्र एकीकृत जनक्रान्तीमार्फत मात्र सम्भब छ । अब संसदीय दलाल ब्यवस्थाविरुद्ध ससस्त्र संघर्षको सुरुवात गरौ र जनताको राज्यसत्ता निर्माण गरौ । एकीकृत जनक्रान्तीको पक्षमा गोलबद्द हुँदै देशका धमिराहरुलाई खत्तम गर्नुको बिकल्प छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु