यस वर्ष दसैंको नवमी र दशमी एकै दिन

२०७१ आश्विन १४ गते, मंगलवार


काठमाडौ, १४ असोज । यस वर्ष बडा दसैंको नवमी र दशमी एकै दिन परेपछि नेवाः समुदायको मोहनी चाड मनाउने दिन फरक फरक हुने भएको छ ।करिब करिब तीन सय वर्षपछि यस्तो फरक दिन आएको बताइएको छ । नेवार समुदायमा नवमीको दिन घरमा ज्यावल, हतियार, गाडी, ज्यासल, पुस्तकलगायत पूजा गरेर मोहनी चाड मनाइन्छ । भने बौद्धमार्गीहरुले दशमीको दिन सम्राट अशोकले शस्त्रास्त्र त्यागेको दिनको स्मरणमा मोहनी चाड मनाउने गरेको छ ।
मोहनी चाड अष्टमीबाट तीन दिन लगातार मनाउने परम्परा रहेपनि यस वर्ष नवमी र दशमी एकै दिन असोज १७ गते परेकाले काठमाडौं, ललितपुर, भक्तपुर र उपत्यकाबाहिर नेवार समुदायले फरक फरक दिन मोहनी चाड मनाउन लागेको नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारले बताए ।
नेपाल पञ्चाङ्ग निर्णायक समिति र क्वाःबहाः गुठीले असोज १५,१६ र १७ गते मोहनी चाड मनाउने निर्णय गरेको छ भने काठमाडौंस्थित जनबहारः गुठीले १६,१७ र १८ गते अष्टमी नवमी र दशमी मानेर चाड मनाउने निर्णय गरेको छ । भक्तपुरको तलेजु भवानी गुठीले अष्टमी र नवमी १६ र १७ गते मनाउने तयारी गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार