यस वर्षको मनसुन सकियाे

२०७१ आश्विन २२ गते, बुधबार


काठमाडौं । जल तथा मौसम पुर्वानुमान महाशाखाले यस वर्षको मनसुन सकिएको जनाएको छ । असार पहिलो हप्ता पुर्वी भेगबाट प्रवेश गरेको मनसुन हिजोदेखि सकिएको महाशाखाले जनाएको हो ।
यस वर्षको मनसुन गएको बिहीबार सुदुरपश्चिमबाट सकिन शुरु भएको थियो । सामान्यतया नेपालमा जुन १० मा मनसुन सुरु हुने र सेप्टेम्बर २३ मा सकिने भएपनि गएको १० वर्षदेखि मनसुन सकिन ढिलो भइरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन सकिएपछि अबको मौसम घमाइलो हुने मौसमविदले बताएका छन । पहाडी भेगका केही ठाउँमा फाट्टफुट्ट वर्षा हुने भएपनि अरु ठाउँको मौसम घमाइलो हुने मौसमविद शान्ति कँडेलले बताए ।

प्रतिक्रियाहरु