यस्तो पार्क जहाँ निःवस्त्र भएर आराम गर्न पाइन्छ

२०७४ भाद्र १६ गते, शुक्रबार

काठमाडौँ, १६ भदौ । फ्रान्सको राजधानी पेरिस नजिकै एउटा पार्कमा नाङ्गा मानिसहरुका लागि अलग्गै व्यवस्था छ । पार्कमा फुटबल पिचजत्रै ठुलो भागलाई १५ अक्टोबरसम्म प्रयोगका रुपमा खोलिएको हो । अधिकारीहरुका अनुसार यो भागमा कुनै पनि प्रकारको अभद्र व्यवहार सहन गरिने छैन । राम्रो व्यवहारको सूची पार्कमा राखिनेछ । पार्क प्रमुख तथा डिप्डी मेयर पेनेलोप कोमाइट्सले भने–पेरिसको सार्वजनिक स्थलको उपयोग हाम्रा खुला विचार भएको सोचको हिस्सा हो। साइनबोर्डको माध्यमबाट मानिसलाई पार्कको उक्त हिस्साका बारेमा बताइनेछ, जो नाङ्गा मानिसहरुका लागि हुनेछ । यो हिस्सा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछ । जसले यो नयाँ व्यवस्थाको स्वागत गरिरहेका छन्, उनीहरुका अनुसार पेरिसमा समुद्री तट र क्याम्प छ । जहाँ निःवस्त्र भएर पुग्छन् । न्युड पार्क प्रकृतिले चाहतलाई आकर्षित गर्नेछ ।
पेरिस नेच्युरिस्ट एसोसिएसनका जुलियन क्लाड पेनेग्रीले समाचार एजेन्सी एएफपीसँग भने–यो एउटा वास्तविक आनन्द हुनेछ । यो प्रकृतिसँग प्रेम गर्नेहरुका लागि थप स्वतन्त्रता हुनेछ । ‘यसले सहरको खुला विचार प्रदर्शित गर्दछ । यसले न्युड व्यक्तिप्रति मानिसको सोचमा परिवर्तन ल्याउन सहयोग गर्नेछ ।’
जब गत वर्ष यो पार्क संचालनको घोषणा गरिएको थियो तब यो निर्णयको निकै आलोचना भएको थियो। एक जना नेताले त यसलाई पागलपनको संज्ञासमेत दिएका थिए । पेरिसमा एउटा सार्वजनिक स्वीमिङ पुल पनि छ जहाँ मानिसहरु एक सातामा तीन दिन नाङ्गै भएर पौडी खेल्न पाउँछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु