यसरी बने सामान्य भ्यालादिमीर महान् लेनिन

२०७५ बैशाख ९ गते, आईतवार

>अप्रिल २२ अर्थात भि. अाई. लेनिनको जन्म भएको दिन । सन् १८७० अप्रिल २२ अर्थात अाजैको दिन भि. अाई. लेनिनको जन्म भएको थियो । लेनिनकै नेतृत्वमा सन् १९१७ को अक्टोबर २५ मा रुसमा समाजवादी क्रान्ति सम्पन्‍न भयो । रुसमा मजदुरहरुले सशस्त्र सहरी विद्रोह गरी जारको शासन कब्जा गरेर समाजवादी क्रान्ति सम्पन्न भएपछि यसको प्रभाव विश्वभर पर्‍यो । संघर्षरत कम्युनिस्टलाई यसले प्रेरणा थियो । त्यसको प्रत्यक्ष प्रभाव चीनमा पर्‍यो । रुसी समाजवादी क्रान्तिले संसारका श्रमजीवी वर्गको मुक्तिको ढोका खोलिदियो । अाधा विश्‍वमा समाजवाद स्थापना समेत भयो । तर लेनिनका उत्तराधिकारी स्टालिनको मृत्यु पछि ढल्यो । रुसमा समाजवादी क्रान्ति सम्पन्‍न भएको ठिक ३२ वर्षपछि अर्थात सन् १९४९ मा चीनमा जनयुद्धमार्फत जनवादी क्रान्ति सम्पन्न‍ भयो । माओको नेतृत्वमा दिर्घकालिन जनयुद्धमार्फत चीनमा नयाँ जनवादी सत्ता स्थापनाले पुँजिवादी र साम्राज्यवादीहरुलाई हैरानी भयो भने सर्वहार वर्गको मुक्तिको लहर नै चल्यो । यसको प्रभाव नेपालमा पनि पर्‍यो । सचेत युवाहरुले नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको पहल गरे । उनीहरुले चीनमा जनवादी क्रान्ति सम्पन्‍न भएकै वर्ष लेनिनको जन्म दिवसको अवसर पारेर नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरे ।
यसरी बने सामान्य भ्यालादिमीर महान् लेनिन
सन् १९१७ मा भएको रुसी क्रान्ति अधिकांशलाई थाहै छ । त्यही क्रान्तिको नेतृत्व कर्ता हुन् ‘भ्लादिमिर इल्यिच उल्यानोभ’ अर्थात् लेनिन । भ्लादिमिर इल्यिच उल्यानोभ उनको बाल्यकालको नाम हो । लेनिन पछि राखेको नाम हो । १९१७ मा सम्पन्न भएको रुसी आन्दोलन माक्र्सवादमा आधारित भई गरिएको थियो । त्यही क्रान्ति नै अहिले चलेको विश्वभरको माक्र्सवादी आन्दोलनको प्रेरक घटना र पथप्रदर्शक बनेको छ । आज हामीले त्यही माक्र्सवादी आन्दोलनका पदप्रदर्शक लेनिको जीवनी बारे संक्षिप्त चर्चा गरेका छौँ ।
लेनिन उपनाम कसरी रह्यो ?
निर्वासनबाट फर्केपछि लेनिन सन् १९०० भरि क्रान्तिकारी मजदुर पत्रिका अखिल रसियाली राजनीतिक पत्रिका प्रकाशनको तयारीमा लागे । मे १९०० मा पार्टी निर्माणको लागि पिटर्सवर्गको गोप्य भ्रमण गर्दा लेनिन गिरफ्तार भए, तर खानतलासीको क्रममा केही नभेटेपछि उनले छुटकारा पाए । जारशाही सरकार लेनिनलाई आफ्नो ठुलो शत्रु ठान्थ्यो । त्यसैले देशभित्र बस्ने अवस्था नभएपछि लेनिन १६ जुलाई १९०० मा जर्मनीतर्फ लागे । यही अवधिमा लेनिनले अखिल रसियाली क्रान्तिकारी पत्रिकाको रूपमा ‘इस्क्रा’ (फिलिङ्गो) को प्रकाशन प्रारम्भ गरे । लेनिन अखबारको मुटु थिए । यस पत्रिकामार्फत् उनले कसरी पार्टी गठन गर्नुपर्छ कसरी आम जनसमूहहरूलाई पार्टी कामतर्फ आकर्षित गर्ने हो भन्ने बारे लेखहरू प्रकाशित गरे । सन् १९०१ देखि भ्लादिमिर इल्यिचले आफ्ना केही लेखहरू लेनिन नामबाट छपाउन थाले । ‘इस्क्रा’ पत्रिकामा काम गर्दागर्दै लेनिनले साइबेरियाली नदी लेनाबाट आफ्नो उपनाम राखेका थिए ।
सन् १९०२ मा लेनिनको कृति ‘के गर्ने’ प्रकाशित भयो । उक्त पुस्तकमा लेनिनले सर्वहारा माक्र्सवादी पार्टीको निर्माणसम्बन्धी विस्तृत योजना प्रस्तुत गरेका थिए । त्यस्ता किसानहरूलाई पार्टी कार्यक्रम बुझाउने उद्देश्यले लेनिनले सन् १९०३ मा ‘गाउँका गरिबहरूलाई’ शीर्षकको लेख लेखे । उक्त लेखमा सरल र स्पष्ट भाषामा मजदुर पार्टीको उद्देश्य के हो र किन गरिब किसानहरू र मजदुरहरूबीच एकता कायम हुन आवश्यक छ भन्ने कुरा देखाइएको थियो ।
कसरी हेलिए क्रान्तिको मार्गमा ?
युवा अवस्थाका लेनिनको चिन्तनशैलीमा परिवार, वरिपरिको वातावरण, प्रगतिशील रुसी साहित्यले निकै ठुलो प्रभाव पारेको थियो । रुसमा पुँजीवादी शोषणका साथसाथै सामन्ती उत्पीडन कायम थियो, जसले सहरिया मजदुर र गाउँले किसानहरूको जीवन दयनीय तुल्याएको थियो । जारशाही अत्याचार, जमिनदार र पुँजीपतिहरूको दमन, मजदुर र किसानहरूको पद दलित अवस्थाले किशोर लेनिनको हृदयमा शोषकहरूप्रति घृणा र शोषितहरूप्रति सहानुभूति पैदा गरेको थियो । जिम्नेसियम बसाइको क्रममै लेनिनको हृदयमा क्रान्तिकारी भावनाहरू पैदा भइसकेका थिए । लेनिनको पारिवारिक बनोट नै क्रान्तिकारी किसिमको थियो । लेनिन आफ्नो दाजु अलेक्जेन्डरको व्यक्तित्वबाट निकै प्रभावित थिए । लेनिनका दाजु अलेक्जेन्डर पिटस्वर्ग विश्वविद्यालयको विद्यार्थी छँदा जारशाहीबिरुद्ध क्रान्तिकारी सङ्घर्षमा सक्रिय रूपमा सहभागी हुन्थे । आफ्ना जेठा दाजुबाट नै लेनिनले माक्र्सवादी साहित्यको प्रारम्भिक ज्ञान हासिल गरेका थिए । सन् १८८६ मा लेनिनका पिताको अकस्मात निधन भयो । परिवारले यो पीडा बिर्सन नपाउँदै मार्च १८८७ मा उनका दाजु अलेक्जेन्डर पिटर्स्वर्गमा गिरफ्तार भए । उनलाई तत्कालीन रुसी जारशाही शासक अलेक्जेन्डर तृतीयको हत्याको षडयन्त्रमा संलग्न भएको आरोपमा त्यसै वर्षको मे महिनामा स्लिसेल्बर्ग किल्लामा फाँसी दिइयो । त्यसले लेनिनलाई ठुलो चोट पु¥यायो । उनले आफ्नो सम्पूर्ण जीवन क्रान्तिकारी सङ्घर्षमा लगाउने सङ्कल्प गरे । क्रान्तिकारी कामको लागि आपूmलाई तयार गर्दै किशोर लेनिनले सामाजिक विज्ञानहरूको गम्भिरतापूर्वक अध्ययन गरे । स्वर्ण पदकसहित जिम्नेसियमको आफ्नो अध्ययन सकेपश्चात् अगस्ट १८८७ मा उनी काजान विश्वविद्यालयको कानुन विभागमा भर्ना भए ।
कुनै मुलुकको सांस्कृतिक स्तर कस्तो छ भन्ने कुराको अनुमान लगाउन त्यहाँको पुस्तकालय हेरे पुग्छ–लेनिन, यो भनाइ विश्वमा प्रथम पटक समाजवादी क्रान्तिको नेतृत्व गरी सफलता हासिल गर्ने महान् लेनिनको हो । लेनिनको नेतृत्वमा रुसी बोल्शेविक पार्टीले सन् १९१७ मा रुसमा समाजवादी क्रान्ति सम्पन्न ग¥यो । त्यो क्रान्तिले माक्र्सवादले परिकल्पना गरेको वैज्ञानिक समाजवादको स्थापना गर्ने प्रयत्न ग¥यो । लेनिनले वैज्ञानिक समाजवादी राज्यसत्ताका लागि सर्वहारावर्गको अधिनायकत्वको नयाँ सिद्धान्त प्रतिपादन गरे ।
लेनिनले क्रान्तिपश्चात् रुसमा भव्य पुस्तकालय स्थापना गर्ने सपना साँचेका थिए । नभन्दै क्रान्ति सम्पन्न भएपश्चात् रुसले पुस्तक र पुस्तकालयसम्बन्धी धेरै काम पनि ग¥यो । तर, क्रान्तिकालमा लेनिनले कति पुस्तक पढे, कसरी पढे ? यो कुरा पनि कम्ती रोचक र ज्ञानवद्र्धक छैन । लेनिन कति पढ्थे भन्ने कुरा ‘रुसमा पुँजीवादको विकास’ भन्ने किताब लेख्नको लागि उनले ५ सय ८३ थान किताब पढेकोबाट थाहा पाउन सकिन्छ । तर, कसरी निकाल्थे उनले त्यत्रो पुस्तक पढ्ने समय ?
जबकि उनी त कहिले जेल परे, कहिले निर्वासित भए । हो, उनले त्यहीबेला सबैभन्दा धेरै पुस्तक पढे । जेलमा हुँदा उनका लागि आवश्यक पुस्तक उनकी बहिनी आन्नाले बाहिरबाट किनेर, पुस्तकालयबाट खोजेर लगिदिन्थिन् । निर्वासनमा हुँदा त उनी पुस्तकालयमै अधिकांश समय बिताउँथे । यसरी उनले रुसका लागि क्रान्तिकारी बिचार निर्माण गरे, रुसी क्रान्तिको अगुवाइ गरे ।
उपन्यासबाट प्रभावित
लेनिनको जन्म २२ अप्रिल १८७० मा रुसको भोल्गा नदीको किनारमा रहेको सिम्बिस्र्क सहरमा भएको थियो । उनका पिताको नाम इल्या निकोलाएभिच उल्यानोभ हो । लेनिनको परिवार मध्यमवर्गीय थियो । आफ्नो जेठा दाजुको सहयोग, कठिन, परिश्रम र असाधारण प्रतिभाका कारण उनी उच्च शिक्षा हासिल गर्न सफल भए । केटाकेटीमा उनको नाम भ्लादिमिर इल्यिच उल्यानोभ थियो । लेनिन भन्ने नाम पछि मात्र राखिएको थियो ।
लेनिनकी आमा मारियो अलेक्सान्द्रभ्ना डाक्टरकी छोरी थिइन् । घरमै शिक्षा पाएकी उनी थुप्रै विदेशी भाषाका ज्ञाता थिइन् । त्यस्तै साहित्य र सङ्गीतप्रति सौखिन, दृढ स्वभाव, शान्त, मिलनसार, बुद्धिमान् र दृढ निश्चयी पनि थिइन् । लेनिनका पिता त्यस समयका प्रगतिशील बिचार राख्ने व्यक्ति थिए । उनले रुसी जनसाधारणका बिचमा शिक्षा प्रचार गर्ने, गाउँहरूमा स्कुल स्थापना गर्ने र भोल्गा तटवर्ती क्षेत्रहरूमा बस्ने गैररुसी जनजातिहरूको शिक्षादीक्षाका लागि महत्वपूर्ण योगदान गरेका थिए ।
उनीहरूका आन्ना, अलेक्सान्दर, भ्लादिमिर, ओल्गा, दिमत्री र मारियो गरी ६ सन्तान थिए । उल्यानोभ दम्पतीले आफ्ना सन्तानहरूलाई बहुपक्षीय शिक्षा दिए । यसका साथसाथै उनीहरूले आफ्ना सन्तानलाई परिश्रमी, इमान्दार, सुशील, अनुशासित र कर्तव्यपरायण बनाउन महत्वपूर्ण योगदान गरे । संयोग नै मान्नुपर्छ कि, उल्यानोभ दम्पतीका सबै छोराछोरी पछि गएर क्रान्तिकारी बने केटाकेटी छँदैदेखि नै लेनिन साहसी, प्रफुल्ल, ठट्यौली वर मिजासका थिए ।
उनी पौडी खेल्न र स्केटिङ गर्नमा असाध्यै रुचि राख्थे । पाँच वर्षको उमेरमा नै उनले लेखपढ गर्न सिकिसकेका थिए । नौ वर्षको उमेरमा सिम्बिस्र्क जिम्नेसियमको पहिलो दर्जामा भर्ना भए । असाधारण प्रतिभाका धनी लेनिन कक्षामा सधैँ प्रथम हुन्थे । आफ्ना सहपाठीहरूलाई सधैँ मद्दत गर्थे र कठिन विषयहरूमा उनीहरूलाई सहयोग गर्न अग्रसर हुन्थे । सानै उमेरमा लेनिनले पुश्किन, लेर्मन्तेभ, गोगल, तुर्गेनेभ, निक्रासभ, साल्तिकोभ सेद्रिन र टल्स्टोयका कृतिहरू अध्ययन गरिसकेका थिए । उनले त्यसबेला प्रतिबन्धित बेलिन्स्की, गेर्चेन, चेर्निसेभ्स्की, द्रोब्रोल्युबोभ र पिसारेभजस्ता क्रान्तिकारी डेमोक्रेटहरूका कृतिहरू पढ्न भ्याइसकेका थिए । त्यसबेलाका महान् वैज्ञानिक र जारशाही तथा भूदास प्रथाका कडा विरोधी नेर्निसेभ्स्कीको ‘के गर्ने ?’ उपन्यासले उनलाई प्रभावित पारेको थियो ।
वकिलको रूपमा लेनिन
लेनिनले घरमै बसेर विश्वविद्यालयको चार वर्षे अध्ययन पूरा गरे । सन् १८९१ मा उनले पिटर्सवर्ग विश्वविद्यालयको कानुन विभागमा प्राइभेट जाँच दिए । उनी परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण भए । र, वकिल बने । त्यही क्रममा सन् १८९२ बाट लेनिनले सामराको जिल्ला अदालतमा वकालत गर्न सुरु गरे ।
उनी गरिब किसानहरूको पक्षमा वकालत गर्थे । सन् १८९२ मा लेनिनले सामरामा पहिलो माक्र्सवादी अध्ययन मण्डल खोले । तेइसवर्षे युवक लेनिनमा सरलता, सहृदयता र उत्साहका साथै गम्भीरता, गहन ज्ञान, कठोर तर्कशीलता, स्पष्ट र उत्कृष्ट विवेकशक्तिको गजबको समिश्रण पाइन्थ्यो ।
तर्कबाज वकिलको रूपमा
मे १८८९ तिर लेनिन आफ्नो परिवारसहित काजानबाट सामरा गुवेर्निया आए र सामरा बसाइको क्रममा उनले माक्र्स र एङ्गेल्सका कृतिहरूको कठोर अध्ययन जारी राखे । उनले ल्याटिन ग्रिक, जर्मन, फ्रेन्च र अङ्ग्रेजी भाषाको गम्भीर अध्ययन गरे । यसै समयमा उनले माक्र्स र एंङ्गेल्सले संयुक्त रूपमा लेखेका महत्वपूर्ण कृति ‘कम्युनिस्ट घोषणापत्र’लाई जर्मन भाषाबाट रुसी भाषामा अनुवाद गरे ।
माक्र्सवादको गहन अध्ययन
डिसेम्बर १८८७ मा अठार वर्षीय लेनिन जारशाहीबिरुद्ध क्रान्तिकारी सङ्घर्षमा होमिएका कारण विश्वविद्यालयबाट निष्कासित हुनुका साथै गिरफ्तार पनि भए । उनी काजान गुबेर्नियाको कोकुसकिनो गाउँमा निर्वासनमा पठाइए । बिस्तारै–बिस्तारै लेनिनको गतिविधिमाथि प्रशासनले कडा निगरानी राख्न सुरु ग¥यो । निर्वासनकालमा उनी बिहान उठेदेखि बेलुका सुत्ने बेलासम्म पढ्थे ।
उनको निर्वासनकाल एक वर्षको थियो । काजान बसाइको क्रममा उनी रुसी क्रान्तिकारी नि.ए. फेदोसेएफले गठन गरेको समूहको सदस्य बने । त्यो बेला सामाजिक क्रान्तिका लागि जर्मन दार्शनिक तथा क्रान्तिकारी नेता कार्ल माक्र्सले जर्मनीकै अर्का दार्शनिक फ्रेडरिक एङ्गेल्ससँगको सहकार्यमा प्रतिपादन गरेको दर्शन तथा सिद्धान्तहरूबारे चर्चा सुरु भएको समय थियो । माक्र्स र एङ्गेल्सद्वारा प्रतिपादित दर्शन तथा सिद्धान्तलाई माक्र्सवाद भनिन्छ । नि.ए. फेदोसेएफ रुसका प्रथम माक्र्सवाद थिए ।
उनीबाटै प्रभावित भई लेनिनले पनि काजानमा माक्र्सवादको अध्ययन सुरु गरे । माक्र्सवादको अध्ययनबाट लेनिनले सर्वहारा श्रमिक वर्गलाई पुँजीपति वर्गको शोषणबाट मुक्ति दिलाउन पुँजीवादी राज्यसत्तालाई ध्वंस गरी समाजवादी राज्यसत्ता स्थापना गर्नुपर्ने कुरा सिके । (कार्ल माक्र्सका अनुसार निजी सम्पत्तिको नाममा केही नभएका, काम गर्ने औजारसमेत पनि आफ्नो नभएका औद्योगिक मजदुरहरू नै सर्वहारा श्रमिक हुन् ।
जुनबेला लेनिन क्रान्तिकारी आन्दोलनमा उत्रिँदै थिए, पश्चिम युरोपको मजदुर आन्दोलनमा माक्र्सवादी बिचारधाराले ठाउँ लिइसकेको थियो । र, त्यो क्रमशः रुसतिर फैलिँदै थियो । गेओर्गो प्लेखानोभ रुसमा माक्र्सवादका पहिलो प्रमुख प्रचारका थिए । लेनिनले माक्र्सको प्रमुख कृति ‘पुँजी’को गहन अध्ययन गरे । युवा उमेरमा नै आफ्नो वाक्पटुताले अरूलाई आकर्षित गर्ने र विश्वास दिलाउने क्षमता लेनिनमा थियो ।
दूधले लेखेको किताब
पिटर्सवर्ग बसाइका क्रममा ठुलो स्पूmर्ति र अभिलाषासहित लेनिन क्रान्तिकारी कार्यमा संलग्न भए । उनी क्रान्तिकारी मजदुरहरूका राजनीतिक पार्टी खोल्नतिर लागे । त्यही क्रममा सन् १८९५ मा लेनिनले पिटर्सवर्गका माक्र्सवादी अध्ययन मण्डलहरूलाई एउटै राजनीतिक संस्थाको रूपमा सङ्गठित गरे । पछि गएर यस संस्थालाई मजदुरवर्गको मुक्तिसंघर्ष सङ्घ नाम दिइयो ।
सन् १८९६ मा त्यस सङ्घले पिटर्सवर्गका कपडा कारखानाहरूका मजदुरहरूको विख्यात हड्तालको नेतृत्व ग¥यो । उक्त हड्तालमा ३० हजारभन्दा बढी मिल मजदुरहरूले भाग लिएका थिए । यस सङ्घले सम्पूर्ण रुसमा क्रान्तिकारी आन्दोलनको विकासका लागि प्रेरणा र मजदुरवर्गको माक्र्सवादी पार्टीको गठन गर्ने वातावरण तयार ग¥यो । आन्दोलनका कारण भयभीत भएको जारशाही सरकारले डिसेम्बर १८९५ मा लेनिनसहित सङ्घका बहुसंख्यक कार्यककर्ताहरूलाई गिरफ्तार ग¥यो ।
लेनिनले पिटर्सवर्गको जेलको एकान्त कोठामा चौध महिनाको कठोर जीवन बिताए । जेलमा रहँदै उनले माक्र्सवादी पार्टीको पहिलो कार्यक्रमको मस्यौदा तयार पारे र यस कार्यक्रमको व्याख्या गरे । रोचक तथ्य यो छ कि लेनिन आफ्ना क्रान्तिकारी लेखहरू, किताब र पत्रिकाहरूका हरफहरूको बिचमा दूधले लेख्थे । यसरी लेखिएका अक्षरहरू देखिँदैनथे, तर कागज तताएपछि यी अक्षरहरू पढ्न सकिन्थ्यो । जेलमा रहँदै लेनिनले आफ्नो प्रख्यात कृति ‘रुसमा पुँजीवादको विकास’ लेख्न सुरु गरे ।
लेनिन जेलमा अनुशासनको कडा पालना, कडा परिश्रम र सुत्नुअगाडि नियमित रूपमा व्यायाम गर्थे । पिटर्सवर्गमा लेनिन मजदुरवर्गका नेता र संगठनकर्ताको रूपमा देखापरे । उनले क्रान्तिकारी आन्दोलनको सैद्धान्तिक व्याख्या गरे र रुसमा सर्वहारा पार्टी गठन गर्न जग तयार गरे ।
साइवेरियामा लेखे चर्चित पुस्तक
लेनिनको क्रान्तिकारी क्रियाकलापद्वारा त्रसित जारशाही सरकारले लेनिनलाई १३ फ्रेबुअरी १८९७ मा तीन वर्षको लागि पूर्वी साइबेरियामा गई बसोबास गर्नुपर्ने निर्वासनको सजाएँ दियो । साइबेरियाको निर्वासनका बेला उनले गोप्य रूपमा गाउँका गरिब किसानहरूका पक्षमा वकालत गर्न थाले । एकपल्ट उनले सुनखानीको एक मजदुरलाई खानीको मालिकविरुद्धको मुद्दा जित्न मद्दत गरे ।
लेनिनको साइबेरिया निर्वासनको एक वर्षपछि रुसको क्रान्तिकारी आन्दोलनकी नेतृ क्रुप्स्काया साइबेरियाको सुसेन्सकोये गाउँ आइपुगिन् । उनीसँग आन्दोलनकै क्रममा लेनिनको यसअघि नै पिटर्सवर्र्गमा भेटघाट र चिनापर्ची भइसकेको थियो । आन्दोलनमा सँगसँगै हिँड्ने क्रममै लेनिन र क्रुप्स्कायाबीच प्रेमसम्बन्ध भइसकको थियो । उनीहरूले
साइबेरियामै विवाह पनि गरे
निर्वासनमै लेनिनले सन् १८९९ मा आफ्नो पुस्तक ‘रुसमा पुँजीवादको विकास’ पूरा गरे । यस कृतिमा रुसको आर्थिक विकासबारे गहन वैज्ञानिक अनुसन्धान गरिएको थियो । यो पुस्तक छिटै प्रगतिशील बुद्धिजीवी, विद्यार्थी र मजदुर अध्ययन मण्डलहरूमा फैलियो । लेनिन निर्वासनमै रहेका बेला मार्च १८९८ मा मिन्स्क सहरमा भएको रसियाली सामाजिक जनवादी मजदुर पार्टीको पहिलो महाधिवेशनमा पार्टी स्थापना भएको घोषणा गरियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु