यम ग्रहमा नेपाली पर्वत

२०७२ श्रावण ३ गते, आईतवार

काठमाडौँ , ३ साउन । यम ग्रहमा रहेको एउटा पर्वतको नाम नेपालीको नामबाट राखिएको छ । भर्खरै सार्वजनिक भएको तस्बिरमा देखिएको एउटा पर्वतको नाम नासाले नोर्गे मोन्टेस अर्थात तेन्जिङ नोर्गे माउन्टेन राखेको हो ।
प्रथम सगरमाथा आरोरी तेन्जिङ नोर्गेको नाममा अन्तरिक्षमा रहेको पर्वतको नाम राखिएको नासाले जनाएको छ । सौर्य मण्डलका ठाउँको नाममा नेपालीको नाम रहेको सम्भवत पहिलो रहेको नासाका एमेस रिसर्च सेन्टरका जेफ मुरेले बताएका छन् ।
अमेरिकी अन्तरिक्ष संस्था नासाको अन्तरिक्ष यानले खिचेको यम ग्रहको तस्विर केही दिनअघि सार्वजनिक भएको थियो । नासाको न्यू होराइजन अन्तरिक्ष यानले खिचेको तस्विरमा यम ग्रहमा हिउँका पडाहहरु देखिएको विविसीले जनाएको छ । न्यू होराइजनले सौर्य मण्डलमा सबैभन्दा टाढाको यम ग्रहको अवलोकनपछि नजिकैबाट तस्बिर खिचेको थियो ।
तस्बिरमा देखिएका हिउँका पहाड मुटु आकारका जस्ता देखिएका पनि बैज्ञानिकले बताएका छन् । न्यू होराइजनले यम ग्रहको पछिल्लो अध्ययन गर्नु अन्तरिक्ष अनुसन्धानको इतिहासमा एक प्रमुख उपलब्धी भएको वैज्ञानिकहरुले बताएका छन् ।

प्रतिक्रियाहरु