यमन विद्रोहीको कब्जामा

२०७१ चैत्र १२ गते, बिहीबार

काठमाडौं, १२ चैत । यमनमा विद्रोहीहरुबाट भइरहेको भीषण आक्रमणका क्रममा राष्ट्रपति अब्द राब्बुह मन्सुर हादीको अवस्था अज्ञमत रहेको समाचार बाहिर आउको छ । सिया विद्रोह हुथी राष्ट्रपति हादी बस्दै आइरहेको नगरमा प्रवेश गरेपछि उनी त्यहाँबाट पलायन भएको जनाइएको छ ।
सरकार विरोधी हुथी विद्रोही देशको दक्षिणी भागमा अगाडि बढिरहेका छन् । राष्ट्रपति हादी दक्षिण तटीय शहर अदेनबाट प्रशासनिक कार्य गर्दै आईरहेका थिए । राष्ट्रपति हादीले राष्ट्रपति भवन छोडीसकेको समाचारमा जनाइएको छ यद्यपि राष्ट्रपतिका सहयोगीहरुले उनी देश छोडेरै भागेको समाचारलाई भने अस्वीकार गरेका छन् ।
केही समय अगाडिमात्रै यमनमा युद्धक विमानले अदेनस्थित राष्ट्रपति भवनमा आक्रमण भइरहेको सञ्चारमाध्ययमहरुले जनाएको छ । हुथी विद्रोहीहरुले राष्ट्रपतिलाई पक्राउ गराउनेलाई ठूलो पुरस्कारको घोषणा गरेका छन् । यसबीच रक्षा मनत्रीलाई पनि बन्दी बनाइएको जनाइएको छ ।

प्रतिक्रियाहरु