म – देवी काफ्ले

२०७५ मंसिर २१ गते, शुक्रबार

म मरुभूमिको रेत
म चैतको पात झरेको सिख्रो रुख
म हिउंदमा सुक्ने खहरे
म हृदय शून्य एउटा जिउंदो लास।।
किन मलाई प्रेमको अाभास दियौ ?

म कसैलाई माया गर्न नसक्ने कन्जुस
म कसैको प्रेमलाई मलजल गर्न नसक्ने निर्दयी
म गुरांस बिनाको भिरको उत्तिस
म सुवास बिनाको पारिजात
किन मलाई प्रेम गर्न सिकायौ ?

म अोइलाएको फूल
बास्ना दिन नसक्ने
म त्यो ठुलो ढुंगाले बनेको
पहरो जहाँ सुनाखरी पनि बस्न मान्दैन
अनि म पानी सुकेको ताल
किन मलाई प्रेमको महत्व बुझायौ ?

प्रतिक्रियाहरु