म‌ंसिर १ बाट कपडा उद्योग बन्द गर्ने चेतावनी

२०७५ कार्तिक १६ गते, शुक्रबार

काठमाडाैं, १६ कार्तिक । नेपाल कपडा उद्योग संघले मंसिर १ गतेदेखि २०० भन्दा बढी कपडा उद्योगहरु बन्द गर्ने चेतावनी दिएको छ ।सरकारले कपडा उद्याेगीहरुलार्इ दिँदै अाएकाे मूल्य अभिवृद्धि कर छुटकाे सुविधा हटाएपछि कपडा उद्याेग संकटमा परेकाे नेपाल कपडा उद्योग संघकाे ठहर छ । आर्थिक ऐन २०७५ वाट नेपाली कपडा उद्योगीहरुले पाउँदै आएको राजस्व छुटसम्बन्धी सुविधा हटाएकाले नोक्सानीमा उद्योग सञ्चालन गर्न नसक्ने भन्दै बन्द गर्ने चेतावनी दिएको हो । मूल्य अभिवृद्धि करका सम्बन्धमा पुरानै व्यवस्था कायम हुनुपर्ने संघकाे माग छ ।
यसअघि अाफ्ना मागहरुप्रति सरकार उदासीन रहेकाे भन्दै बिहीबार (कार्तिक १५) देखि नै उद्योगहरु बन्द गर्ने निर्णय गरेको थियो । तर अब मंसिर १ गतेसम्म सरकारलार्इ निर्णय सच्याउने माैका दिने र त्यसपछि पनि माग सुनुवार्इ नभए उद्योगहरु बन्द गर्ने संघले जनाएको छ ।
नोक्सानी सहेर कपडा उद्योगहरु सञ्चालन गर्न नसकिने संघकाेभ नाइ छ । यसअघि विदेशी उत्पादनका कपडाहरुसँग प्रतिष्पर्धा गर्नकै लागि सरकारले स्वदेशी कपडा उद्योगलाई मूल्य अभिवृद्धि करमा छुट दिँदै आएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु