म्यारिल्याण्डमा सवारी चालक अनुमतिपत्र लिन नेपाली भाषामा जाँच दिन पाईने

२०७३ असार ६ गते, सोमबार

काठमाडौं, ६ असार । अमेरिकामा नेपाली समुदायको जनघनत्व बिज गणतीय रुपमा वृद्धि हुदै गरेको अवस्थाको कारण नेपाली समुदायले एक पछि अर्को फाईदा लिन थालेका छन् l अमेरिका सरकारले नेपाली समुदायका मांग तथा समस्यालाई मध्ये नजर गर्दै सम्बोधन समेत गर्न थालेको छ lगैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको म्यारिल्याण्ड शाखाको बिशेष पहलमा सवारी चालक अनुमतिपत्र प्राप्त गर्न नेपालीहरुले नेपाली भाषामा जाँच दिन पाउने भएका छन् l म्यारिल्याण्ड राज्यको सवारी साधन प्रसाशन (मोटर भेहिकल एडमिनिस्ट्रेसन) मा लिखित परीक्षाको जाँच नेपाली भाषामा दिन पाइनुको साथै निर्देशन पुस्तिका समेत नेपाली भाषामा उपलब्ध हुने भएको छ ल एनआरएन म्यारिल्याण्ड शाखाका अध्यक्ष जेदु पोखरेलले आगामी अक्टोबर ३ तारिख ,सोमबार देखि उक्त परीक्षा नेपालीमा दिन पाइने भएको बताए l
झन्डै डेड बर्ष देखि अध्यक्ष रहेका पोखरेलले अध्यक्ष भए पछि नगर भवन बैठकमा ३ वटा प्रतिबद्धता जाहेर गरेका थिए l पहिलो सवारी चालक अनुमतिपत्र लिन नेपाली भाषामा जाँच दिन पाईने व्यवस्थाको पहल गर्ने ,दोश्रो नेपाली भाषीको जनसंख्या म्यारिल्याण्ड राज्यमा कति प्रतिशत भनि सर्वेक्षण गर्ने र तेश्रो सामुदायिक भवन निर्माण गर्ने प्रतिबद्धता सहित सार्बजनिक रुपमा घोषणा गरेका थिए l
यस व्यवस्थाबाट नेपाली भाषि भूटानी ,दार्जिलिंग ,म्यानमार तथा आसामी नेपालीहरुले समेत सबैले फाइदा लिन सक्ने अध्यक्ष पोखरेलले बताए l
युएस जनगणना बाट प्राप्त भएको तथ्याङक अनुसार म्यारिल्याण्ड राज्यमा नेपाली भाषीको जनसंख्या प्रतिशतको आधारमा जम्मा .(सुन्य दसमलव दुई ) ०.२% रहेको र सालाखाला १३ हजार नेपाली बसोबास गर्ने पाईएको सर्वेक्षणले देखाएको पोखरेलले बताए l
सम्भवत अमेरिकामा यसरि नेपाली भाषामा सवारी चालक अनुमतिपत्र लिन नेपाली भाषा मै दिन पाइने यो पहिलो राज्य बन्न पुगेको छ l
नेपाल स्याङ्गजा घर भै झन्डै एक दशक देखि अमेरिकाको म्यारिल्याण्डमा बस्दै आएका समाज सेवी जेदु पोखरेलले यस अघि एनआरएन म्यारिल्याण्डको तर्फबाट निकै महत्वाकांक्षी कार्यक्रमहरु सम्पन्न गरि सकेका छन् ल – विजय थापा ,वाशिंगटन डिसी

प्रतिक्रियाहरु