म्यानमारको प्रजातन्त्रवादी नेतृ सुकी नेपाल आउने

२०७१ बैशाख ९ गते, मंगलवार

काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी दुई दिने नेपाल भ्रमणमा आउने भएकी छिन् । उनी बीपी शतबार्षिकीको अबसरमा हुने कार्यक्रमा भाग लिन जेठ ३१ गते नेपाल आउने भएकी हुन् ।
बिमस्टेक सम्मेलनका लागि म्यानमार जाँदा प्रधानमन्त्री सुशील कोइरालाले सुकीलाई निम्तो दिएका थिए । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले सुकीको नेपाल भ्रमणको कार्यक्रम बन्ने क्रममा रहेको बताए ।सुकी नेबेल शान्ति पुरस्कार विजेता समेत हुन् ।

प्रतिक्रियाहरु