म्यानमाका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

२०७४ मंसिर २४ गते, आईतवार

काठमाडौं, २४ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि म्यानमाका राजदूतले आफ्नो ओहोदाको प्रमाण प्रस्तुत गरेका छन् । राष्ट्रपति भण्डारीसमक्ष म्यानमाका राजदूत तिरी प्यान्ची उ ठन ने लिनले आइतबार अपराह्न राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाण प्रस्तुत गरेका हुन् । त्यस अवसरमा प्रधानसेनापति राजेन्द्र क्षत्री, राष्ट्रपतिको कार्यालयका परराष्ट्र मामिलाविज्ञ मदनकुमार भट्टराई, राष्ट्रपतिको कार्यालयका सचिव भूपेन्द्र पौडेल, परराष्ट्रमन्त्रालयका सचिव शंकरदास बैरागीलगायत राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च पदस्थ अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु