म्याकडोनल्ड्समा महिला कामदारमाथि यौन दुर्व्यवहार !

२०७६ कार्तिक २८ गते, बिहीबार

काठमाडौँ, २८ कात्तिक । विश्वप्रसिद्ध तयारी खानाको फ्रेन्चाइज रहेको संस्था म्याकडोनल्ड्समा काम गर्ने महिला कामदारमाथि यौन दुर्व्यवहार भएको आरोप लागेको छ । म्याक डोनाल्ड्समा काम गर्ने अमेरिकी महिला कामदारहरूले यौन दुर्व्यवहार आम समस्या रहेको भन्दै मुद्दा दायर गरेका छन्।मिचिगनकी एक जना महिला कर्मचारीले आफ्ना प्रबन्धकले नियमित रूपमा यौन दुर्व्यवहार गरेको र त्यसविरूद्ध बोल्दा जागिर जाने डर लागेको जिकिर गरेकी छन्।
त्यस्तै म्याकडोनल्ड्सकी पूर्व कामदार जेना राइसले मेसन मिचिगनमा रहेको एउटा रेस्टुराँका एक जना प्रबन्धकले बारम्बार यौन सम्बन्ध राख्न आफूसँग प्रस्ताव गरेको बताएकी छन्।ती प्रबन्धकले आफ्ना संवेदनशील अंगहरूमा पटकपटक छोएको उल्लेख गरिन्।
वकिलहरूले त्यस्ता कैयौं घटना रहेको भन्दै म्याकडोनल्ड्समा काम गर्ने वातावरण माथिबाटै एकदमै खराब रहेको उल्लेख गरेका छन्। यद्यपी यी आरोपबारे कम्पनीले भने कुनै पनि प्रतिक्रिया जनाएको छैन।-एजेन्सी

प्रतिक्रियाहरु