मोवाइल बैकिङ्ग सेवा प्रति आक्रर्षण बढ्दो

२०७२ भाद्र १० गते, बिहीबार

काठमाडौ, १० भदौ । कालिकोटमा पछिल्लो समयमा मोवाइल बैकिङ्ग सेवा लिनेको संख्या बृद्धि हुदैँ गएको छ । घरमा नै बसेर मोवाइलबाट बैकिङ्ग कारोबार गर्न सकिने भएका कारणले यो सेवा प्रति यहाँका ग्राहकहरु आक्रर्षित भएका हुन् ।
कालिकोटमा रहेका नेपाल बाणिज्य र ग्लोबल आइएमई बैंकबाट झण्डै ३ हजार जनाले मोवाइल बैकिङ्ग सेवा लिएका छन् । राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालयले मोवाइल बैकिङ्ग सेवा दिन लागेको १ बर्षमा १ हजार ४ सय जनाले मोवाइल बैकिङ्ग सेवा लिएका छन् भने ग्लोवल आइएमई बैंक संचालन आएको ५ महिनामा करिब ५ सय ८९ सय जनाले मोवाइल बैकिङ्ग सेवा लिएका छन् ।
ग्रामिणस्तरमा यो सेवा निकै सजिलो र सरल भएको घरमा नै बसेर बैकिङ्ग सेवा सकिने भएका कारणले मोवाइल बैकिङ्ग सेवाप्रति ग्राहकहरु आकर्षित भएको ग्लोबल आइएमई बैंकका कालिकोट शाखा प्रमुख मन्दीप बरालले बताए । ‘घरमा नै बसेर मोवाइलबाट बैंकिङ्ग कारोबार गर्न सकिन्छ ।’ उनले भने,–‘त्यो कारणले पनि सेवाग्राहीहरु यो सेवाप्रति आकर्षित भएका हुन् ।’
मोवाइल बैकिङ्ग सेवाबाट ग्राहकहरुले घरमा नै बसेर टेलिफोनको महसुल तिर्न, पैसा खाताबाट अर्को खातामा जम्मा गर्न, रिर्चाज खरिद गर्न सजिलो भएको कारणले ग्रामिण इलाकामा यो सेवा आक्रषण रहेको राष्ट्रिय बाणिज्य बैंक कालिकोट शाखाका निमित्त प्रबन्धक जयप्रकाश बरालले बताए । ‘मोवाइलमा नै बैंक रहेको छ ।’ उनले भने,–‘मोवाइलबाट नै सबै सेवा सुबिधा पाउने भएका कारणले यो सेवाप्रति ग्राहकहरु आक्रर्षित भएका छन् ।
कालिकोटको सबै गाबिसमा मोवाइलको सेवा सुबिधा नभएकोले मोवाइल बैकिङ्ग सेवामा सबैको पहुँच पुग्न नसकेको निमिक्त प्रबन्धक बरालले बताए । ‘सबै गाबिसमा मोवाइल फोनले राम्रो काम गर्दैन् ।’ उनले भने,–‘त्यो कारणले मोवाइल बैकिङ्ग सेवामा अझैँ ग्राहक कम रहेका छन् ।’ – रमेश रावल

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु