मोवाइल क्यामेराको काम

२०७४ मंसिर २६ गते, मंगलवार

काठमाडौं, २६ मंसिर । मोवाइलको क्यामेराले फोटो र भिडियो खिच्न मात्र प्रयोग गर्नुभएको छ भने तपाईले यसको भरपुर उपयोग गर्न सक्नु भएन ।स्मार्ट फोनमा हुने क्यामेरा अनेक काममा प्रयोगमा आउँछन् । क्यामेरा जोडिएका अनेक एप्स र फिचर्स चल्तिमा छन् ।
१. भाषाको अनुवाद
क्यामेरा मार्फत भाषा र संकेतको पनि अनुवाद गर्न सकिन्छ । भाषाको अनुवाद गुगल ट्रान्सलेटले गर्ने भएपछि आफ्नो स्मार्टफोनमा गुगल ट्रान्सलेट एप डाउनलोड हुनुपर्छ । यो एप खोलेपछि त्यसमा भएको क्यामेरालाई खोलेपछि कुनै पनि संकेत र आफुले नबुझ्ने भाषामाथी क्यामेरालाई फोकस गराएपनि यसले बुझ्ने भाषामा उल्था गरिदिन्छ । सबै भाषाको यसले उल्था नगरेपनि धेरै भाषाहरूको पनि उल्था गरिदिन्छ ।नेपाली भाषा पनि गुगल ट्रान्सलेटले समेट्ने भाषा हो ।गुगल ट्रान्सलेटको जस्तै काम टेक्ट ग्राबर र वेगो जस्ता एप्सले पनि गर्छन् ।
२. डकुमेन्ट स्क्यानिङ
कुनै पनि डकुमेन्टलाई तपाईले आफ्नो मोवाइल फोन मार्फत् स्क्यानिङ पनि गर्न सकिन्छ । यसरी स्क्यान गरेको डकुमेन्टलाई चाहे अनुसार एडिट पनि गर्न सकिन्छ । क्याम स्क्यानर, टाइनी स्क्यानर जस्ता एप्समा यस्तो किसिमको सुविधा छ । यस्ता एप्स एण्ड्रोइड र आइओएसमा उपलब्ध छन्।
३. तारा र ग्रह हेर्न
आइएसओ र एण्ड्रोइडमा पाईने स्काई भ्यु एपलाई खोलेर आकास तर्फ फर्काउदा मोवाइलको स्क्रिनमा ताराहरू हेर्न सकिन्छ । यसरी विकी ट्यब र ब्लिपर पनि प्रयोग गर्न सकिन्छ।
४. बारकोड स्क्यानिङ
स्मार्टफोनको मद्धतले बारकोड र क्यूआर कोडको स्क्यानिङ गर्न पनि मिल्छ । कुनै पनि उत्पादनको जानकारीहरू बारकोड र क्यूराअर कोडमा राखिएको हुन्छ । यदी आफ्नो स्मार्ट फोनमा बारकोड स्क्यानर वा र क्यआरकोड स्क्यानर छ भने तपाईले सजिलै कोड स्क्यान गरी त्यसभित्रका जानकारीहरू पाउन सक्नुहुन्छ ।
५. सेक्युरिटी क्यामेरा
यसका लागि पुरानो स्मार्टफोनलाई पनि प्रयोगमा ल्याउन सक्नुहुन्छ । यदी नयाँलाई प्रयोग गर्न चाहनुहुन्छ भने पनि हुन्छ । सेक्युरिटी क्यामेराको रुपमा प्रयोग गने स्मार्टफोनमा सेकुरिटी क्यामेरा एपलाई डाउनलोड गनुर्होस् ।उक्त फोनलाई वाइफाइ मार्फत् आफ्नो स्मार्टफोन वा घरको कुनै कम्प्युटरमा जोडेर रेकर्ड समेत राख्न सक्नुहुन्छ ।
६. भिज्यूअल सर्च
गुगलले फोटो खोज्ने सुविधाहरू पनि राखेको छ । यदी तपाईले आफ्नो स्मार्टफोनमा गुगल गोग्गल एप राख्नु भएको छ भने तपाईले कुनै पनि प्रडक्टको तस्विर खिचेर त्यो के हो भन्ने किसिमको जानकारी पाउन सक्नुहुन्छ । यो एपमा तपाईले आफैले खिचेको वा अरु कसैले खिचेको तस्विर राखेर पनि जानकारी पाउन सक्नहुन्छ ।

प्रतिक्रियाहरु