मालपोतका सहायक प्रमुख आचार्यलाई कालोमोसो

२०७२ श्रावण २९ गते, शुक्रबार

काठमाडौँ, २९ साउन । नेकपा माओवादीले विराटनगरमा जिल्ला मालपोत कार्यालयका सहायक प्रमुख कुमार आचार्यलाई कालोमोसो दलेको छ । आचार्यले व्यक्तिगत र संस्थागत रुपमा भ्रष्टाचार गरेको, सेवाग्राहीलाई दुःख दिने गरेकाले चेतावनी स्वरुप कालोमोसो लगाइएको जिल्ला सेक्रेटरी नरेश शर्माले जानकारी दिए । शर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सहाकय प्रमुख आचार्यले सेवाग्राहीलाई दुःख दिने, संस्थागत भ्रष्टाचारको भित्रदेखि बाहिरसम्म जालो बनाएकाले त्यसो नगर्न चेतावनी स्वरुप कालोमोसो लगाएको बताए ।
“उहाँले सेवाग्राहीलाई दुःख दिने र संस्थागत भ्रष्टचार गरेको र भ्रष्टाचार गरेको रकम कार्यालयभित्र बाड्ने गरेकोले त्यसो नगर्न पार्टीको तर्फबाट चेतावनी दिएका छौँ” सेक्रेटरी नरेशद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु