मोर्डन स्कुलको गाडी जलाइयो

२०७२ श्रावण ६ गते, बुधबार

काठमाडौं, ६ साउन । अखिल क्रान्तिकारीले आज बिहानै कीर्तिपुर नजिकै मोर्डन इन्डियन स्कुलको गाडी जलाएको छ। नेपालको शिक्षा नियमवाली विपरित स्कुल संचालन गरेको भन्दै उनीहरुले गाडी जलाएका हुन् । विद्यार्थी नेताहरुले हालसम्म उक्त स्कुल विना दर्ता संचालन भएको दावी गरे । उनीहरुले उक्त स्कुलले कञ्चनजंघा हिमाल भारतमा पर्छ भनि लेखिएको पाठ्यक्रम पढाएको, भारतीय झण्डालाई नेपालको राष्ट्रिय झण्डा भनि विद्यार्थीलाई पढाउने गरेको, भारतीय राष्ट्रिय गान अनिवार्य गाउन बाध्य पारिएको आरोप पनि लगाएका छन् । गाडी जलाएपछि उनीहरुले जारी गरेको विज्ञप्तीमा बाग्मती नदी, सामुदायिक वन र मन्दिरको ७० रोपनी जग्गा हडपेर विद्यालय संचालन गरेको पनि आरोप लगाएका छन् ।

प्रतिक्रियाहरु