मोबाइलको कल लिस्ट र एसएमएस कसरी हेर्ने ?

२०७२ कार्तिक २४ गते, मंगलवार

काठमाडौं, २४ कार्तिक । एन्ड्रोइड स्मार्ट फोनमा एक पटक फोन गरेको नम्बर कल लगमा ३० दिनसम्म रहन्छ । सामान्य अवस्थामा एक पटक गरेको फोनको नम्बर कल लगमा ३० दिनसम्म रहनु राम्रो कुरा हो । तर कहिले काँही धेरै समय अघि गरेको फोन नम्बर चाहिन सक्छ, जुन नम्बर मोबाइलको कन्ट्याक लिस्टमा सेभ गर्न बिर्सिएको हुन्छ । यस्तो अवस्थामा के गर्ने भनेर चिन्ता हुन्छ । तर यसको पनि समाधान छ ।
यसका लागि प्ले स्टोरमा गएर टेलिफोनी ब्याकप डाउनलोड गरेर मोबाइलमा इनस्टल गर्नुपर्छ । यसपछि टेलिफोनी ब्याकप लञ्च गरेर एपमा आफ्नो कल लग इम्पोर्ट गर्नुपर्छ । यस्तै एपले एसएमएस पनि ब्याकप गर्न चाहे नचाहेको भनेर सोध्छ । एसएमएस पनि ब्याकपमा राख्न चाहेमा पनि गर्न सकिन्छ । एक पटक सबै कल लग र एसएमएस राखेपछि त्यसपछि हुने सबै कल तथा एसएमएसको रेकर्ड एपले राख्नेछ ।
एपमा रहेको जानकारी एक अलगै फाइलमा राख्न पनि मिल्छ । यसका लागि भने झण्डै एक सय ६० रुपैयाँ खर्च गरेर एप किन्नु पर्छ । एपको सहायताले कुनै पनि बेला पुरानो कल लग र एसएमएस हेर्न तथा ती व्यक्तिलाई फोन वा एसएमएस गर्न मिल्छ । एपमा भएको जानकारी धेरै भएको छ भने अर्को फाइलमा ट्रान्सफर गरेर कम्प्युटर वा मेमोरी कार्डमा राख्न पनि मिल्छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु