मोदी र ट्रम्पबीच गाेप्य वार्ता

२०७६ असार १३ गते, शुक्रबार

काठमाडौं, १३ असार । विश्वको २० ठूला अर्थतन्त्र भएको देशहरुको सम्मेलनमा सहभागी हुन जापान पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ । भारत र अमेरिकाबीच व्यापारका विषयमा मतभेद बढ्दै गएको समयमा दुवै नेताहरुबीच जापानको ओशाकामा भेटवार्ता भएको हो । जसलाई पर्यवेक्षकहरुले महत्वका साथ हेरेका छन् ।
भेटअघि अमेरिकी राष्ट्रपति ट्रम्पले हालै अमेरिकी सामानहरु भन्सार बढाउने भारतीय निर्णय अस्वीकार्य भएको बताएका थिए । अमेरिकाले भारतीय सामानहरुलाई सौविध्य व्यापारको सूचीबाट हटाएको प्रतिक्रियामा भारतले अमेरिकी सामानमाथि भन्सार दर बढाउने निर्णय गरेको थियो । जि ट्वान्टी सम्मेलनका क्रममा शक्ति राष्ट्रका नेताहरुबीच द्वीपक्षीय र त्रिपक्षीय भेटवार्ता जारी रहेको छ । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु