मोदी नेपाल अाउँदै

२०७५ बैशाख ११ गते, मंगलवार

काठमाडौं, ११ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको टुंगो लागेको छ । यही बैशाख २८ गते मोदी नेपाल अाउने मिति तय भएको छ । चीन भ्रमणपछि मात्रै नेपाल अाउने भनिएपनि मोदी पहिला नेपाल अाउने भएका छन् । चीनको भ्रमण धकेलिएपछि मोदीले बैशाखमै नेपालको भ्रमण गर्ने भएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणको क्रममा मोदीलाई निम्तो दिएका थिए । उक्त निम्तो मान्न मोदी दुई दिने नेपालको औपचारिक भ्रमणमा गर्ने बताइएको छ । पहिलो दिन काठमाडौंमा उच्चस्तरिय भेटवार्ता गरेर अर्को दिन मोदी जनकपुरको भ्रमण गर्नेछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु