मोदी आफ्नै नाम छापिएको सुट लगाएपछि …

२०७१ माघ १३ गते, मंगलवार

काठमाडौँ। भारतीय प्रधानमन्त्री मोदीले राम्रो पोसाक लगाउँदा यसअघि निकै प्रशंसा बटुलेका थिए । यसपटक उनले कपडाभरि आफ्नै नाम छापिएको सुट लगाउँदा सामाजिक सञ्जालमा हाँसोको पात्र बनेका छन ।भारत भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति बाराक ओबामासँग आइतबार एक्लै वार्ता गर्दा प्रधानमन्त्री मोदीले साना अक्षरले उनकै नाम छापिएको धर्के सुट लगाएका थिए । उनले यसरी पोसाक छनौट गर्दा यस पटक गलत पाइला लिएको देखिएको छ ।प्रधानमन्त्री मोदीले उक्त वार्ताका समयमा सोमबार उनको धर्केदार सुट लगाएका थिए । उक्त सुटमा स्पष्ट देखिने गुलाबी अक्षरका धर्का थिए र ती धर्कामा नरेन्द्र दामोदरदास मोदी भनी अङ्ग्रेजी अक्षर छापिएका थिए । उक्त सुटलाई क्यामराले नजिकबाट देखाउँदा मात्र ती नाम देखिएका हुन् ।क्यामराले ठूलो बनाएर देखाइएको उक्त चित्र इन्टरनेटमा व्यापक रुपमा प्रसारण भयो । उक्त चित्रको सामाजिक सञ्जालका प्रयोगकर्ताले मोदीसुटको नाममा निकै हाँसो उडाएका छन् ।एक टिप्पणीकर्ताले ट्विटमा उक्त सुटलाई मुर्खतापूर्ण सुटको नाम दिएका छन् । उनले प्रधानमन्त्री अरुले आफ्नो लुगा चोरिदिन्छन् भनी डराएको उल्लेख गरेका छन् ।प्रधानमन्त्री मोदीले विमानस्थलमा अमेरिकी राष्ट्रपतिलाई कुर्तामा स्वागत गरेका थिए । यस सुटले पनि अमेरिकी राष्ट्रपतिलाई अप्ठेरोमा पारेको थिएन ।
राष्ट्रपति ओबामाले साँझको भोजमा मोदीको लुगा लगाउने कुराको प्रशंसा गरेका थिए । उनले आफूले पनि कुर्ता लगाउने विषयमा विचार गरेको बताएका थिए ।भारतीय प्रधानमन्त्री मोदी मात्रै आफ्नो नाम भएको लुगा लगाउने पहिला नेता भने होइनन् । सन् २०११ मा इजिप्टका पूर्व नेता होसनी मुबारकले पनि यस्तै साना अक्षरले लेखिएको धर्का भएका र उक्त अक्षरबाट आफ्नै नाम लेखिएको सुट लगाएर फोटो खिचाएका थिए । रासस, एएफपी

प्रतिक्रियाहरु