मोदी असफल भएर फर्किए : किरण

२०७१ भाद्र २ गते, सोमबार


काठमाडौँ ।क्रान्तिकारी पत्रकार महासंघ उदयपुरले आईतबार कटारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा- माओवादीका अध्यक्ष मोहन वैद्य किरणले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण उपलब्धिहिन भएको बताएका छन् । किरणले मोदी सार्वजानिकरुपमा चर्चित भएपनि व्यक्तिगत स्वार्थका हिसावले उहाँको भ्रमण उपलब्धिहिन भएको दाबि गरे ।नेकपा – माओवादीलगायतका वुद्धिजिवीहरुकै बिरोधका कारण मोदी विद्युत ब्यापार सम्झौता अर्थात पिटिए गर्न चुकेको बताए । किरणले राष्ट्रिय स्वाधिनतामा आँच आउने पिटिए जस्तो राष्ट्रघाती सम्झौता आफूहरुकै बिरोधकाकारण रोकिएको स्पष्ट पारे ।‘केही पार्टीका नेताहरुलाई ललिपप देखाएर जुन उद्देश्य बोकेर पिटिए सम्झौता गर्न आएका थिए मोदी, त्यो पुरा हुन सकेन,’ किरणले भने , ‘यतिन्जेलसम्म हामीले रोक्यौं अब तपाईहरुको साथ सहयोग चाहिएको छ ।’ पिटिए कोशी र गण्डकभन्दा घातक सम्झौता रहेको उनले स्पष्ट पारे । पार्टी भित्र सचिव नेत्रविक्रम चन्द विप्लवसँगको मत भिन्नताका विषयमा पत्रकारहरुले सोधेको प्रश्नमा उनले क्रान्ती सफल पार्न पार्टीमा विप्लवले फरक विचारको प्रस्ताव ल्याए पनि अहिले आन्तरिक संघर्ष थाँती राखेर वर्ग संघर्षमा जुटेको उनको तर्क थियो ।
किरणले एक वर्षपछि महाधिवेशन गरेर पार्टीको आन्तरिक विवाद अन्त्य गर्न छलफल भैरहेको पनि वताए । किरणले एमाओवादीसँगको एकताका लागि प्रचण्डलाई सदन छाडेर आउन ६ वुँदे प्रस्ताव गरेपनि वेवास्ता गरेकाले अहिले पार्टी एकता नहुने बताए । उनले प्रचण्ड सदन छाडेर आउनुको कुनै विकल्प नरहेकोसमेत दावी गरे । किरणले वावुराम प्रति लक्षित गर्दै भन्नुभयो, ‘नयाँ शक्तिको नाममा बाबुरामले माक्र्सवाद छाडेर खिचडी विचार वोकेका व्यक्तिहरुलाई लिएर हिडेका छन जुन दिशाहिन छ ।’
किराँत राज्य स्तरीय दुई दिने कार्यकर्ता प्रशिक्षणका लागि कटारी आईपुगेका अध्यक्ष किरणसँग उपाध्यक्ष सिपी गजुरेल, महासचिव रामवहादुर थापा, सचिव नेत्रविक्रम चन्द ,पोलिटब्युरो सदस्य प्रकाण्ड लगायतका नेता पनिथिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु