मोदीद्वारा कांग्रेसलाई ‘धमिरा’को संज्ञा

२०७४ कार्तिक १९ गते, आईतवार

काठमाडौं, १९ कात्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार यहाँको प्रतिपक्षी दल भारतीय कांग्रेसका भ्रष्टाचारजन्य गतिविधिमाथि कडा आलोचना गर्दै उक्त दललाई ‘धमिरा’को संज्ञा दिएका छन् । उत्तर भारतको हिमाञ्चल प्रदेशको कांगडामा भएको राजनीतिक सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री मोदीले प्रतिपक्षी दललाई ‘धमिरा’को संज्ञा दिँदैे आलोचना गरेका हुन् । भ्रष्टाचारलाई प्रोत्साहन गर्ने उक्त दललाई छोडी आफ्नो दल भारतीय जनता पार्टीलाई मतदान गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री मोदीले भने, ‘यदि तपार्इंले बाहिरी भागमा सफा गर्नुभयो भने पनि केही दिनपछि धमिरा देखा पर्छन् । कँग्रेस पार्टीको भ्रष्टाचारी सोच पनि धमिराजस्तै पुन देखापर्छ ।’ ‘तपाईंले सरकारमात्रै परिवर्तन गरेर हिमाञ्चलमा भ्रष्टाचार नियन्त्रण गर्न चाहनुभएको छ तर जरैदेखि सफाई गर्न जरुरी छ’, भारतीय प्रधानमन्त्रीले भने । हिमाञ्चलमा यही नोभेम्बर ९ मा स्थानीयस्तरको निर्वाचन हुने कार्यक्रम रहेको छ । सोही सन्दर्भमा उनले हिमाञ्चलबासीलाई सम्बोधन गर्न त्यहाँ पुगेका हुन् । हिमाञ्चल राज्य सरकारमा अहिले कँग्रेसको नेतृत्व रहेको छ । – रासस/सिन्ह्वा

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु