मोदीको भ्रमण पशुपतिनाथ दर्शनमा सीमित हुने

२०७१ श्रावण १० गते, शनिबार


काठमाडौँ । आगामी साउन १८ देखि हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण पशुपतिनाथ दर्शनमा सीमित हुने भएको छ । नेकपा-माओवादीलगायत ३३ दलले मोदी भ्रमणका समयमा विभिन्न राष्ट्रघाती सम्झौता हुन् सक्ने भन्दै आन्दोलित भए पछि यस्तोस्थित आएको हो । अब मोदीले नेपाल भ्रमणका क्रममा विद्युत् व्यापार सम्झौता, माथिल्लो कर्लीलि वा सुपुदगीलगायतका कुनै पनि सन्धिसम्झौता नगरी र्फकनु पर्ने स्थिति देखिन्छ भने शुक्रबारबाट सुरु भएको विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणमा पनि सद्भावबाहेक केही पनि आदानप्रदान नहुने भएको छ । नेकपा-माओवादीलगायत ३३ दलले खबरदारी गरेपछि आगामी साउन १८ देखि हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका विषयमा छलफल गर्न शुक्रबार बालुवाटारमा सत्तासीन र विपक्षीलगायत तीन दलको बैठकले मोदीको भ्रमणमा विद्युत् व्यापारलगायतका कुनै पनि सम्झौता नगर्ने सहमति गरेको बताइएको छ । केही सम्झौता गर्न परे आन्तरिक सहमति जुटाएर मात्रै गरिने जनाइएको छ । साथै तीन दलीय बैठकले जीएमआरसँग गर्ने भनिएको अपर कर्णालीको पीडीएका साथै भारतले प्रस्ताव गरेको विद्युत् व्यापार सम्झौतासमेत नगर्ने सहमति गरेको छ । उक्त समयमा भारतले आग्रह गर्दै आएको सुपर्दगीलगायतका सन्धिसम्झौतामा पनि मोदीको भ्रमणमा कुनै लिखत नगर्ने तीन दलबीच सहमति भएको छ । यसै विषयमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार दिनेश भट्टर्राईले नेपाल-भारत सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउने सहमति भएको बताएका छन् । उनले भने- ‘दुबैतिर स्थिर सरकार छ, अब नयाँ शिराबाट सुरुवात गर्नुपर्छ भन्नेमा सबैको सुझाव थियो ।’ तीन दलको बैठकपछि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने- ‘अहिले नै कुनै दीघकालीन प्रकृतिको वा गृहकार्य नपुगेको सन्धिसम्झौतामा हस्ताक्षर गर्नु हुँदैन । कुनै पनि सन्धिसम्झौता गर्दा नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखिनुपर्छ ।’ श्रेष्ठले मोदीको भ्रमणलाई सकारात्मक भ्रमणका रुपमा सफल बनाउनुपर्ने बताउँदै सञ्चार माध्यमसँग भने- ‘राष्ट्रिय हित प्रतिकूलका कुनै पनि सन्धिसम्झौता नगर्ने र त्यसो गर्दा स्वभाविक रुपमा भारतको आधारभूत चासोलाई नेपालको राष्ट्रिय हित प्रतिकुल नजाने गरी सम्बोधन गर्न हामी तयार हुनुपर्छ ।’ नेता श्रेष्ठले मोदीको भ्रमणलाई सफल एवं सकारात्मक बनाउनुपर्ने बताए । यसैबीच, बिराटनगरमा भारतले राख्दै आएको अनाधिकृत क्याम्प हटाउन भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा नेपालका तर्फाट आग्रह गर्न तीन दलबीच छलफल भएको स्रोतले बतायो । सप्तकोशीमा बाढी आएका भारतले खडा गरेको स्थानीय क्याम्प हाल बिराटनगरमा खडा गरिएको छ । तत्कालीन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले आफू परराष्ट्रमन्त्री भएकै बेलामा सो क्याम्प हटाउन आग्रह गर्दा पनि भारतीय दूताबासले अहिलेसम्म अटेर गर्दै आइरहेको छ । भारतीय सहयोग अब बजेटमार्फ् बैठकमा सहभागी नेताका अनुसार बालुवाटारमा बसेको तीन दलको बैठकमा भारतले सोझै दूताबासमार्फ् खर्च गर्दै आएको पाँच करोडसम्मको आर्थिक सहायता स्थानीय निकायले जसरी सोझै खर्च गर्न नपाउने गरी नेपाल सरकारले रोक्ने भएको छ । भारतले दिने त्यस्तो सहायतालाई नेपाल सरकारको बजेटमार्फ् मात्रै परिचालन गर्ने गरी भारतीय पक्षसँग कुरा राखिने नेताहरुले बताएका छन् । भारतीय विदेशमन्त्री एवं प्रधानमन्त्रीलाई नेपालको निम्तोमा आउन लागेकाले भ्रमणलाई सद्भावपूण एवं सफल बनाउन तीन दलका नेताहरुले सहमति गरेका छन् । भ्रमणका क्रममा आमान्य आपसी हित र रहयोग आदान-प्रदानबाहेक अन्य गम्भीर विषयमा निर्ण्र्ालिनुपरे राष्ट्रिय सहमति जुटाएर मात्रै गर्ने बालुवाटारमा सहमति भएको स्रोतले बतायो । विद्युत् सम्झौतामा विवाद देखिएपछि गृहकार्य नपुगेको भन्दै नेपाल एक कदम पछि हटेको छ । नेकपा-माओवादीलगायत ३३ दलका कारण अब भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको सबैभन्दा ठूलो उपलब्धि पशुपतिनाथको दर्शन ठहरिने भएको छ । भारतीय अधिकारीहरुका अनुसार पशुपतिको दर्शन गर्ने मोदीको धोको निकै पुरानै हो ।

प्रतिक्रियाहरु