मोदीको भ्रमण काठमाडौंमै सिमित

२०७१ मंसिर ७ गते, आईतवार


काठमाडौं, ७ मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क सम्मेलनमा भाग लिन नेपाल आउँदा काठमाडौं बाहिर कुनै पनि ठाउँको भ्रमण नगने भएका छन । भारतको विदेश मन्त्रालयका प्रवक्ता सइद अकबरुद्दिनले प्रधानमन्त्री मोदीको काठमाडौं बाहिरका सबै ठाउँको भ्रमण रद्द भएको पुष्टि गरेका छन् । उनले आफ्नो ट्वीटर मार्फत मोदीले सार्क सम्मेलनका बेला नेपाल आउँदा काठमाडौं बाहिर कुनै पनि ठाउँको भ्रमण नगर्ने उल्लेख गरेका छन् ।
मोदीले भारतमा गरेको प्रतिबद्धता अनुसार काठमाडौं बाहिरको भ्रमण नगर्ने तय भएको विदेश सचिव सइदले उल्लेख गरे । मोदीले जनकपुर, लुम्बिनी र मुक्तिनाथको भ्रमण गर्ने तय भएको थियो ।

प्रतिक्रियाहरु