मोदीको नाम शीर्ष अपराधीको सूचीमा !

२०७३ श्रावण ५ गते, बुधबार

काठमाडौं, ५ साउन । लोकप्रिय सर्च इन्जिन गुगल सर्चमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम शीर्ष दश अपराधीको सूचीमा देखिएको घटनाले नयाँ मोड लिएको छ। यो विषयमा भारतको इलाहवादस्थित एक अदालतले मंगलबार गुगल कम्पनीका भारतस्थित प्रमुखलाई सुचना पठाएको छ। अदालतले गुगल वा गुगलका उच्च अधिकारीविरुद्ध अपराधिक मुद्दा दर्ता गर्न आदेश समेत दिएको छ।
अधिवक्ता सुशील कुमार मिश्राको उजुरीमाथि सुनुवाई गर्दै अदालतले यस्तो आदेश दिएको हो । यो मुद्दाको आगामी सुनुवाई अगस्त ३१ मा हुनेछ । यो घटना सार्वजनिक भएपछि सामाजिक संजाल विशेषगरी ट्वीटरमा ‘युद्ध’ नै छेडिएको थियो । उजुरीकर्ता मिश्राले भने–जब मैले गुगललाई अपराधीको सूचीमा मोदीको नाम हटाउन आग्रह गरेँ । त्यसको कुनै जवाफ पाइनँ ।
उनले त्यसपछि प्रहरीको सहयोग लिएको बताए । उजुरीकर्ताले प्रमुख न्यायाधीशसामु एउटा याचिका दायर गरेका थिए । तर, ३ नोभेम्बर २०१५ मा खारेज भएको थियो । उजुरीकर्ताले सीजेएमको आदेशलाई पुनःरावेदनका रुपमा पुनः मुद्दा दायर गरेका थिए, त्यसमाथिको सुनुवाईमा यस्तो आदेश दिएको हो ।
स्मरणरहोस् गुगलले यो विषयमा माफी मागेको थियो । गुगल यसप्रकारको मामिलामा पहिला पनि यस्ता विवादास्पद नतिजा देखाइने बेला उसको विचारधाराको यो विषयसँग कुनै लिनुदिनु नहुने बताइसकेको छ। गुगल स्वयमले सोधिएको प्रश्नमा वेभपेजमा यस्ता तस्वीर वा उत्तरहरु स्वतः देखाउने गर्दछ । – एजेन्सी

प्रतिक्रियाहरु