मोटरसाइकल ठोक्किंदा एकजनाको मृत्यु

२०७५ जेष्ठ ९ गते, बुधबार

काठमाडौं, ९ जेठ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गएराति पौने १० बजे बा५७प ६३११ नम्बरको मोटरसाइकलले बा२९प २६०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा २६०८ नम्बरको मोटरसाइकलमा पछाडी सवार काठमाडौं पुतलीसडक बस्ने ७० बर्षीया पुर्ण केशरी कंशाकारको मृत्यु भएको छ ।
उनको उपचारको क्रममा मोडेल अस्पताल बागबजारमा गएराति सवा १० बजे मृत्यु भएको हो । दुर्घटनामा सामान्य घाइते भएका २६०८ नम्बरको मोटरसाइकलका चालक ४० बर्षीय प्रमोदवीर सिंह कंशाकारको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र बा५७प ६३११ नम्बरको मोटरसाइकल चालकलाई महानगरीय प्रहरी वृत सिंहदरवारले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार