मोटरसाइकल चोरी गर्ने गिरोह प्रहरी फन्दामा

२०७४ फाल्गुन ११ गते, शुक्रबार

काठमाडौं, ११ फागुन । महानगरीय प्रहरी परिसरले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ । परिसरले विभिन्न मिति र समयमा स्कुटर तथा मोटरसाइकल चोरी गरी नम्बरप्लेट एवं स्वरुप परिवर्तन गरेर बेचबिखन गर्ने काभ्रे घर भइ गोकर्णेश्वर बस्ने सुरेश तामाङ, सिन्धुपाल्चोकका उर्गेन लामा, प्रशान्त राई, छिरिङ तेन्जिङ शेर्पा र सुशील मगरलाई उपत्यकाका विभिन्न स्थानबाट बुधबार पक्राउ गरेको हो ।
पक्राउ परेकाबाट चोरीका बा९०प ५२४६, बा८८प ३३९३, बा९०प ९१९० र बा७०प ८१३५ नम्बरको मोटरसाइकल तथा स्कुटर प्रहरीले बरामद गरेको छ । उनीहरुले चाबहिलको मित्रपार्कमा रहेको सेन्ड एस इन्टरप्राइजेजमा लगेर मोटरसाइकलको नम्बर परिवर्तन गरी बिक्री–वितरण गर्दै आएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई जिल्ला अदालत काठमाडौंबाट मुलुकी ऐन चोरी महलअन्तर्गत् म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु